२०८१ असाेज ८, मँगलबार

चितवन, सहकारी सँस्थाकाे रकम हिनामिना गरेकाे अभियाेगमा गितेन्द्र राई ( जिबी) सहित १७ जना विरुद्ध सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाे छ । चितवन स्थित सहारा बहुउद्देश्यीय सहकारीबाट रकम हिनामिना गरेकाे आराेपमा उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे हाे ।

 

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा साहारा सहकारीका तत्कालिन अध्यक्ष जिवि राईसहित १७ जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका सरकारी वकिलको कार्यालयले जनाएको छ

बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज (मंगलबार) मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए।

सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, बिर बहादुरर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

प्रतिवादी बनाइएकामध्ये कुमार रम्तेल आषिश आनन्द र छत्रमणी भट्टराई कारागार छन्। अन्य १४ जना फरार रहेका छन् ।