२०८१ असाेज ८, मँगलबार

काठमाडौं । दुर्गा प्रसाईंलाई हिरासत मुक्त गर्न बन्दीप्रत्यक्षीकरणकाे रिटमा सर्वोच्च अदालतले अस्वीकार गरेकाे छ ।

छाेरा निराजन प्रसाईँले साेमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको थियो। सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो।