२०८१ असाेज ४ शुक्रबार
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवस्यकता रहेकाे बताउनुभएकाे छ ।

पत्रकार ऋषि धमलासँगकाे प्रदेश खारेजी सम्बन्धि बहसमा दाहालले प्रदेशलाई अधिकार दिनुकाे सट्टा प्रदेशै खारेज गर्ने कुरा बेइमानी सिवाय केहि नभएकाे बताउनुभएकाे हाे ।

७ प्रदेश सेतो हात्ती भयो नि भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो , ‘हाम्रो कुरा गर्नुहुन्छ भने हामी त १४ वटा प्रदेशको पक्षमा छौं। यसमा पहिले झण्डै झण्डै सहमति भएको थियो। १४ प्रदेश नहुनेमा के छ।’

पूर्ण सकानुपातिक प्रणालीकाे पक्षमा आफुहरु रहेकाे भन्दै प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणाली महँगो भएकाले देश अब पूर्ण समानुपातिकमा जानुपर्ने समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0