२०८१ असाेज ३ बिहिवार

आशिष आचार्य ,काठमाडौं

सरकार दुई तिहाईकाे भएपनि वर्तमान सरकार सबैभन्दा अस्तिर रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

संविधान दिवसको अवसरमा रास्वपा द्वारा आयाेजित `संविधान मन्थन कार्यक्रम´ मा बाेल्दै लामिछानेले साे बताएका हुन् । जनताकाे प्राथमिकता भन्दा सरकारकाे ध्यान अन्तै भएपछि जतिसुकै ठुलाे समर्थनकाे सरकार हाेस् , सानै कारणले ढल्छ´ - लामिछानेले भने ।

याेग्य जनप्रतिनिधिलाई नै जनताले छनाैट गर्नुपर्ने भन्दै लामिछानेले भने याे सरकार काङ्ग्रेस सभापति शेरबहादुर देउवा रिसाएका दिन ढल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0