२०८१ असाेज ३ बिहीबार

वर्तमान सँविधानले केही गरेन भन्ने ठाउँ छैन । राजाकाे स्थानमा जनताका छाेराछाेरी पुगे ।

प्रदेश देखि स्थानीय तह बने । तहै पिच्छेका सरकार बने । अवैज्ञानिक शिक्षा र अव्यवहारिक पद्धतिकाे विराेध गर्नेहरु बैज्ञानिक शिक्षा र व्यवहारिक पद्धति बसाउने कसम खाएर सत्तामा पुगे । उद्योग धन्दा कलकारखाना चाहियाे भन्नेहरुले सत्ता प्राप्तगरे – राम्रै भयाे । द्वन्द्वका पिडितहरुलाई न्यायदिने, मेलमिलाप गराउने कार्यमा सवै पार्टी सहमत छन् । गणतन्त्रले नेपालमा शासन गरेकाे ९वर्ष पुग्याे ।

९ बर्ष भित्रमा बन्नुपर्ने करिव २ सय कानुन  बनेन । द्वन्द्व सकिदा जन्मेकाे बालक २० वर्षकाे हुँदासम्म राज्यले पिडितलाई न्याय दिैनै सकेन, बैज्ञानिक शिक्षा पद्धति ल्याउन भन्दै सत्तामा पुगेकाका सन्तान नै शिक्षा खाेज्ने बहानामा विदेशीए ।

राेजगारी खाेज्न अनिवार्य जस्तै भयाे विदेश । घर गाउँ रित्ताे भयाे । शहरबजार भने अघाेषित  वृद्धाश्रम बने । पैसाकाे  भाउ खास्टा सरी, उपभाेग्यबस्तुकाे मूल्य आकासियाे ।

वेराेजगारी  बढ्याे,कलकारखाना सक्किने अवस्था तर्फ लम्कियाे । विकास निर्माण पनि कमिशन आउने स्थानमा केन्द्रिकृत भए । सवै नागरिक अनिवार्य नालका मान्छे बन्ने्ने अवस्था आयाे ।

स्वदेशमा केहिछैन, केहिगर्न सकिँदैन भन्ने भाष्य निर्माण भयाे । २ सय भन्दा बढि कानुन बन्न बाँकी छदै देशले भएकाे सँविधान परिमार्जन गर्नुपर्ने अवस्थामा ठुला र शत्ताधारी दललाई पुर्यायाे ।

देश संविधान दिवसकाे जात्रामय हुँदा धेरैलाई सित्तैमा धनी बनायाे । कतिलाई धनिहुँने लालसामा जग्गा जमिन सक्किए पनि थप ऋणकाे भारी बाेकायाे । सत्तालाई मिलेर चल्न सिकायाे । नागरिकलाई फुटेर दलसँगै चल्ल सिकायाे । गणतन्त्र दिवसकाे दिनआयाे कतै कालाे भन्दैछन् , कतै पूरै सफेद दिन आयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1