२०८१ भाद्र ३०,आईतबार

नेपालमा पेट्रोलियम पदार्थकाे मूल्यमा गिरावट अाएकाे छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्राेल र डिजेलकाे मूल्यमा क्रमशः ४ र ५ रुपयाँ घटाउने निर्णय गरेकाे छ।

यस अनुसार, पेट्राेलकाे प्रतिलिटर मूल्यमा ४ रुपयाँ घटाएर नयाँ मूल्य निर्धारण गरिएकाे छ भने डिजेलकाे प्रतिलिटर मूल्यमा ५ रुपयाँले गिरावट अाएकाे छ। मूल्य समायोजनपछि पेट्राेलकाे नयाँ प्रतिलिटर मूल्य १७५ रुपयाँ र डिजेलकाे मूल्य १६५ रुपयाँ कायम भएकाे छ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्यमा भएकाे गिरावटकाे असरलाई मध्यनजर गर्दै मूल्य समायोजन गरेकाे जनाएकाे छ। यसले उपभाेक्ताहरूलाई केही राहत मिल्ने विश्वास लिएकाे छ।

सरकारले पेट्राेलियम पदार्थकाे मूल्यमा वृद्धि वा गिरावट हुँदा जनतालाई समयमा जानकारी गराउने प्रथा अनुरूप यस पटक पनि मूल्य घटाएकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0