२०८१ भाद्र ३० आइतबार

दुर्लव पाेखरेल,चितवन

माडी । प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. को संयोजनमा माडी नगरपालिका, सुरक्षित आप्रवासन(सामी)तथा आप्रवासी सेवा समाज चितवन को संयुक्त आयोजनामा प्रवासबाट फर्किएका (रिटनी) हरु सँग “स्वदेश फर्केपछी को अवस्था र उध्यमशीलताको सम्भावना” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

माडी नगरपालिकाको सभाहलमा भाद्र २८ र २९ गते सन्चालित अन्तरक्रिया कार्यक्रममा माडी नगरपालिकाका सबै वडाहरुबाट प्रतिनिधित्व हुनेगरी प्रवासबाट फर्किएर विभिन्न पेसा व्यवसाय मा लाग्दै समाज परिवर्तनमा लागिरहनु भएका सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रवासवाट ज्ञान, शीप र पुँजी लियर स्वदेश फर्किएका व्यक्तिहरुलाई उद्यमशीलतामा जोड्न तथा प्रवासमा रहेका प्रवासी श्रमजीवीहरुलाई स्वदेशमा आकर्षित गर्न माडी नगरपालिकाले के कस्ता नीति तथा कार्यक्रम संचालन गरिनुपर्छ भन्ने विषयमा व्यापक छलफल गरिएको सहभागीहरु बताउँछन् ।

प्रवासवाट फर्किएका व्यक्तिहरु संगठितभई उद्यमशीलतासँग जोड्ने उद्देश्यले स्थापना गरीएको संस्था प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि.´ को अध्यक्ष मुक्ती प्रसाद अधिकारी को अध्यक्षतामा संचालन गरिएको साे कार्यक्रम को प्रमुख अतिथि माडीनगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोकाे उपस्थिति रहेकाे थियाे ।

[दुर्लव पाेखरेल]

संस्थाका उपाध्यक्ष इन्द्र प्रसाद न्याैपानेद्वारा स्वागत मन्तव्य गरिएको उक्त कार्यक्रममा “रुपान्त्रणको लागि पुँजी निर्माणमा सहकार्यको भुमिका” बिषयमा – शोभाकान्त पाैडेल, बिदेश जानु पुर्वका सचेतना र प्रवासका समस्यामा समन्वय र स्वदेश फर्के पछिको सहकार्य को बिषयमा सुर्य प्रसाद पाैडेलका साथै प्रवासी श्रमिकलाई स्वदेशमै आकर्षित बनाउन नगर सरकारको भुमिका बिषयमा नगर प्रमुख तारा कुमारी काजी महतोले आ- आफ्नो प्रशिक्षात्मक मन्तव्य राखेकाे प्रवासी चितवन सहकारीका इन्द्रप्रसाद न्याैपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0