२०८१भाद्र २८, शुक्रबार

रामपुर क्याम्पस भन्नासाथ कि त कृषि कि त भेटेरिनरी पढाइहुने क्याम्पस भन्ने बुझाई आम मानिसमा रहेकाे छ ।

धेरैले बुझेकाे रामपुर भने पहिलेकाे त्रिभुवन विश्वविद्यालयकाे कृषि र भेटेरिनरी अध्ययापन गराउने आँङ्गिक क्याम्पस नै हाे भन्ने छ । तर समयसँगै रामपुर भित्रकाे विधि  फेरिएका छन् ।

कृषि र भेटेनरीमा ठुलै कायापलट गर्ने याेजना सहित गठन भएकाे `कृषि तथा वन विज्ञान विश्वविद्यालय´काे केन्द्रीय क्याम्पसकाे रुपमा रहेकाे रामपुर स्थित पुरानाे त्रिविकाे सम्पूर्ण भूगाेल ए एफ यु काे स्वामित्वमा छ ।

एएफयु( कृषि तथा वन विज्ञान विश्वविद्यालय ) गठन स्थापना भै अध्ययन अध्यापन पस्चात देशले रेमिटान्स ( बाहिरीए बापत प्राप्त हुने कमाइकाे हिस्सा) बाहेक कसले के प्राप्त गर्याे त्यस अनुसन्धानकाे पक्ष बेग्लै रहला तर `रामपुर क्याम्पस भनेकाे लफडा भैरहने क्याम्पस हाे´ भन्ने  स्थापित ब्राण्ड हाे । त्यति मात्र नभै रामपुर क्याम्पस अर्थात एएफयु भन्नासाथ कहिल्यै क्यालेन्डर अनुसारकाे काम कार्वाही नहुने र अरु कलेज भन्दा कम्तीमा १ वर्ष ढिलाे परिणाम दिने कलेज हाे भन्ने पनि स्थापित पहिचान हाे ।

२०४१ साल बैशाखमा क्याम्पसकाे स्ववियु सभापति मित्रमणी आचार्य कै हत्या भएकाे रामपुर क्याम्पसले त्रिविबाट एएफयु हुँदासम्म `लफडे´ क्याम्पसकाे ब्राण्ड कम्जाेर हुनुभन्दा दरीन पुगेकाे छ ।

[पत्रकार कृष्ण खनाल]

क्याम्पस प्रवेशगर्नु अगावै कुनै न कुनै पार्टीको विद्यार्थी सँगठनकाे झाेला बाेक्न र विपक्षी सँगठनका साथी माथि अनिवार्य जाईलाग्न तालिम प्राप्त हुनुपर्ने सीप सिकेका विद्यार्थीलाई क्याम्पस प्रवेशसँगै राजनीतिक कित्ताकाट हुन विद्यार्थी सँगठनसँगै प्राध्यापक तथा प्रशासकहरुबाट सिक्दछन् भन्ने प्रमाणित अभियाेग समेत रामपुरले झिल्नुपरेकाे ।

१२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तिण गरे देखि पढ्न रामपुर गेटबाट छिरेकाहरु हजुर बुबा हुँदासम्म क्याम्पसका विभिन्न चाेटा र काेठामा दाईँ माड्ने प्रवृत्तिले समेत रामपुर क्याम्पस `लफडे थलाे´बन्न सहज भएकाे जानकारहरु बताउँछन् ।

रामपुर क्याम्पस टियुकाे हुँदा देखे एएफयुले समेत करिव दशककाे यात्रा तय गर्दसम्म कतिपटक लफडा भए, कति पटक कलेजका भित्ता र सिसा फाेडिए, कतिपटक तालाबन्दी भए गनिसाध्य छैन । प्रमाणीत सत्ते के हाे भने `रामपुरमा धेरै लफडा हुन्छ, समयमा हुने भनेकै लफडा हाे बाँकी समय घर्किएपछि ।

समय जतिसुकै बदलिएपनि रामपुर क्याम्पस भित्र छिरेपछि भने लफडा गर्ने चेत भने न विद्यार्थीकाे बदलिएको छ न प्राध्यापक तथा प्रशासनलाई विद्यार्थी उराले भन्ने अवगालकाे बिल्ला ।

पछिल्लोपटक भदौ १३ गते अनेरास्ववियु र नेविसंघका नाममा डरलाग्दो लफडा भएकाे छ रामपुरकाे कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा ।

[अनेरास्ववियु द्वारा प्रकाशित विज्ञप्ति]

नयाँ विद्यार्थीकाे भर्ना फारम खुलेकाे र पुराना विद्यार्थीकाे परिक्षा सञ्चालनकाे तालिका प्रसारणकाे समयमा भएकाे याे झडपले क्याम्पसकाे गरिमा मात्रै धुमलिएकाे छैन पढ्न पठाउने चाह भएका अभिभावककाे समेत मन नराम्ररी अमिलिएकाे छ ।

दुबै सँगठनले एक आपसले  दाेषाराेपण सहितकाे विज्ञप्ति निकालेका छन् भने घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

नेविसंघका ५ र अखिल ३ गरि ८ जना उपचाररत छन् । नेविसंघका प्रितम भण्डारी र कमन दाहालकाे उपचार काठमाडौंमा भैरहेकाे छ । प्रहरीका अनुसार प्रितमकाे टाउकोमा र कमनकाे नाक र आँखामा गहिराे चाेट छ । कुटपिटमा आराेप लागेका अखिल विद्यार्थी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा परेकाे प्रहरीले जनाएको छ।

[ नेविसंघ द्वारा प्रकाशित विज्ञप्ति]

अनेरास्ववियु र नेविसंघ दुवैले विश्वविद्यालयका कर्मचारी प्रति सँरक्षण गरेकाे तीर तेर्साएका छन् । विद्यार्थीहरुले राज्य सत्ताकाे आड देखि छात्रावास प्रशासनले नै विद्यार्थीलाई मुठभिडमा उक्साएकाे आराेप लगाएका छन् ।

सँघातिक आक्रमणमा परि विद्यार्थीहरु घाईते मात्रै भएका छैनन् न्यायकाे माग गर्दै विद्यार्थीले विश्वविद्यालयमा नै तालाबन्दी गरेका छन् ।

यी सबै परिघटनालाई सूक्ष्म अध्ययन गर्ने हाे भने प्रत्यक्ष रुपमा विद्यार्थीका सँगठन दाेषीकाे श्रव्यदृश्यमा रहेपनि माैजुदा पार्टी , क्याम्पस प्रशासन र त्यहाँ भित्र माैलाएकाे प्रतिशाेधकाे निकृष्ट शैलीले महत्त्वपूर्ण भुमिका खेलेकाे प्रष्ट देखिन्छ ।

(श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनालकाे रिपोर्ट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0