`सहयाेग गर्ने कैयौं उपाए र बाटाेहरु हुन्छन् , बस् कहाँ गर्ने र कति गर्ने मात्रै हाे ´

२०८१ भाद्र २६, बुधबार

चितवन।अष्ट्रेलियामा खालीभै फालिरहेका पानी,काेक,वियरका डब्बा सँकलन गरि बेचेकाे पैसा `साहाराकाे घर´ मा आश्रित नानीहरूका लागि सहयाेग हुनेभएकाे छ ।

हाल अष्ट्रेलिया बस्नुहुने सन्ताेष बस्नेतले सँकलन गर्नुभएका १०३ बटा वियर,काेक लगाएतका खाली डब्बा बेचेर प्राप्त गर्नुभएको २ सय ४४ सेन्ट बाट हुन आउने २१ हजार २ सय ९६ नेपाली रुपैयाँ साहाराकाे घरकाे खातामा पठाएको सन्ताेष बस्नेतले जानकारी दिनुभयाे ।

`सहयाेग गर्ने कैयौं उपाए र बाटाेहरु हुन्छन् , बस् कहाँ गर्ने र कति गर्ने मात्रै हाे ´ – बस्नेत बताउनु हुन्छ । `मैले दुईपटक गरि १ सय ३ बटा खाली डव्वा बटुलेर बिक्री गरेकाे याे सानाे रकम सहाराकाे घरमा आश्रित नानीहरूका लागि सहयोग स्वरुप पठाउन पाउँदा खुशी लागेकाे छ ´ बस्नेत भन्नुहुन्छ ।

`साहाराकाे घर´ विगत लामो समयदेखि विभिन्न कारणले घरपरिवारबाट अलग्गिने परिस्थितिमा पुग्नुभएका छाेरी/महिलाहरुलाई आवासीय आश्रय स्थल हाे ।

विभिन्न मनकारीहरुकाे सहयाेगकाे भरमा चलेकाे घरमा आश्रित नानीहरूले भरतपुर क्षेत्रका विभिन्न सरकारी तथा नीजि क्षेत्रका स्कुल, कलेजमा अध्ययन समेत गर्नेगरेकाे साहार घर सञ्चालन गर्नुभएकी नागरिक अभियान्ता`कुसुम सहारा´ बताउनुहुन्छ ।

(श्रीखबर अनलाइन सञ्चारका लागि कृष्ण खनाल, चितवन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0