२०८१ भाद्र २६, बुधबार

जनकपुर । बाराकाे निजगढ ९ मा खुर्पा प्रहारबाट श्रीमतीको हत्या भएकाे छ भने दुई छाेरीहरु घाइते भएका छन् ।

वाइफाइमा रिचार्ज नगरेको  विषयमा विवाद हुँदा ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीय श्रीमती लक्षमीराई  हतियार प्रहार भै हत्या भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्काश सापकोटाका अनुसार आमालाई बचाउन गएका दुई छोरीलाई समेत विमलकुमारले घाइते बनाएका छन् ।

आमालाई बचाउन गएकी १८ वर्षीया जेठीछाेरी गँगा काे अवस्था गम्भीर छ भने १५ वर्षकी सानी छाेरी जमुना समेत घाइते भएकी छन् । गँगालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । चारदिनदेखि वाइफाइ मा रिचार्ज नगरेकाे तर रक्सी खान पैसा भएकाे भन्ने कारणबाट विवाद वढ्न गै अप्रिय घटना हुनपुगेको जनाएका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0