२०८१ भाद्र २५, मँगलबार

माेरङ। काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफ्नाे कार्यकालमा अघि बढाइएका कार्यक्रम हाल बनेकाे मन्त्रीपरिषदले काटेकाे भन्दै उनी मङ्गलबार दिउँसो ४ बजेबाट आमरण अनशन बसेका थिए ।

उनले अनशन शुरुगरेकाे स्थानलाई आजै जिल्ला प्रशासन कार्यालय माेरङले निषेधित क्षेत्र घाेषणा गरेकाे थियाे ।

कार्कीलाई नियन्त्रण लिनेक्रममा उनका समर्थक र प्रहरी बीच तनाव सृजना भै लाठीचार्ज समेत भएकाे थियाे । प्रदेश बैठक चलिरहेको अवस्थामा कार्कीले ९बुँदे माग राख्दै आमरण अनशन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0