कृष्ण खनाल

२०८१ भाद्र २१ शुक्रबार

पार्वतीलाई विभिन्न कारणले महादेव मन पर्याे । मन मात्रै परेन पतिकै रुपमा प्राप्त गर्नेगरि एकाेहाेराे प्रेममा परिन् उनी ।

घरपरिवार भने दिगँबर ( नाङ्गा ) महादेव भन्दा अरु नै शुन्दर ज्वाईँकाे रुपमा स्वीकार्न चाहन्थे। पार्वती शक्तिशाली र सम्पन परिवार हिमालयकी छाेरी थिईन् । उनका दिदीबहिनीहरुकाे श्रीमान् नजरमा एक से एक थिए ।

बुवाआमाले महादेवसँग आफ्नाे विवाह नस्वीकार्ने निश्चित भएपछि उनी घरपरिवारसँग विद्राेह गर्ने र घरै त्याग्ने निर्णयमा पुगिन्। अन्ततोगत्वा पार्वतीले घर, परिवार त्यागिन् । उनलाई घरबाट बाहिर निस्कन र विद्राेहमा जान साथीसँगीले साथदिए ।

एकान्त स्थान, नदीकाे किनारमा पुगिन् । मन परेकाे पात्र शिवजी प्रतिकाे आशक्ति र प्रेम प्रदर्शन गर्न निराहार व्रत र आराधना गर्न थालिन् ।

निराहार व्रत बस्न शारीरिक र मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त हुन अडिन सक्नुपर्ने भन्नेमा पार्वतीकाे चेत पुगेकाे  देखिन्छ ।

आफू लक्षसम्म अडिनका लागि ताकत पूरागर्न पार्वतीले दरिनु पर्ने हुनाले दह्राे आहार ग्रहण गरिन् । केही समय भाेजन न गर्दापनि शरीरलाई तागत पुर्याईन् । जसलाई दर ( दह्राे / तागतिलाे ) खाध्यपदार्थ काे रुपमा परिभाषित हुनथाल्याे । आज पर्यान्त तीजकाे व्रत बस्ने अघिल्लो रात दर्हाे खाना पाैष्टिकआहार, दर खाने प्रचलन छदैछ ।

यदि पार्वतीले महादेवलाई पतिको रुपमा चाह हुँदैथ्याे र उनकाे चाहना पूरागर्न घरपरिवारले साथ दिन्थ्याे भने पार्वतीले घरपरिवारबाट विद्राेह गर्ने परिस्थिति आउने थिएन । पार्वतीले प्राप्तिमा विजयीहुन विद्राेह गर्ने साहस नगरेकाे भए उनी घरबाट बाहिर निस्कने थिईनन् । घर भित्र बसेर उनकाे न कठाेर आराधना सम्भव थियाे न महादेव पति पाउन नै ।

`तीज´ प्रथा मात्रै नभएर शास्त्र निर्देशित पर्व पनि हाे ।

समाजशास्त्रीय दृष्टिले तीज पर्वलाई अध्ययन र विश्लेषण गर्ने हाे भने तीज प्राप्तिका लागि निष्ठा, प्रतिवद्धता, त्याग र समर्पण हाे । यसकाे सेराेफेराेमा इच्छाशक्ति र विद्राेहले महत्त्वपूर्ण भूमिका खेलेकाे पाईन्छ ।

तीज प्राप्तिकाे पर्व हाे । प्राप्तिकाे लागि निष्ठा , त्याग , समर्पणकाे जरुरत पर्दछ भन्ने महत्त्वपूर्ण शिक्षा पनि हाे । आराधना भन्ने विषय खुशीपार्ने विधि र कला हाे । पार्वतीले शिवजीलाई पतिकाे रुपमा प्राप्त गर्न उनकाे आराधनाकाे महत्वपूर्ण भूमिका रहेकाे देखिन्छ ।

पार्वतीकाे शिवजी प्राप्ति उनकाे परिवार र समाजसँग विद्रोह गर्नशक्ने ताकतले सम्भव भएकाे हाे ।

[ लेखक खनाल, समाजशास्त्रमा ( लैङ्गिक तथा महिलावादी आन्दोलन मूल विषय) स्नातकोत्तर पत्रकार हुन् ।]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0