२०८१ भाद्र २०, बिहीबार

प्रकाशबाबु खनाल,चितवन

रत्ननगर । नेपाल प्रेस युनियन चितवनले चेपाङ बालबालिकालाई दर खुवाएर तीजपर्व मनाएकाे छ ।

रत्ननगर नगरपालिकाको टिकौलीमा रहेको चेपाङ संरक्षण केन्द्रमा आवासीय रुपमा रहेका १५० बालबालिकालाई दर  खुवाएको प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले बताउनुभयो ।

`तिजको अवसरमा दर काे रुपमा `लट्टे’ (अनदी जातको चामलमा भेली वा चिनी मिसाएर पकाइने एक प्रकारको खाना) यहाँ आश्रति चेपाङ बालबालिकालाई पनि खुवायाैँ र सँगैबसेर खायाैँ, बालबालिकालाई एकछिन भए खुशी बनाउने काेशिस गर्याैँ खुशी भयाैँ´ढकालले भन्नुभयाे।

`लट्टे´ चेपाङ समुदायका लागि नयाँ परिकार रहेकोले यसपालि नयाँ स्वादमा दर खुवाएकाे युनियन चितवनले जनाएको छ।

सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले शुभकामना व्यक्त गर्दै नेपाली चाडपर्व, धर्म संस्कृतिका बारेमा बालबालिकालाई सचेत गराउनु महत्वपूर्ण भएको बताउनुभयो ।

शुभकामना व्यक्त गर्दै नगरपालिकाका उपप्रमुख यादव पाठकले दर खुवाउने कार्यक्रमका लागि ठीक स्थान छनाैट गरेकाेमा प्रेस युनियन चितवनलाई धन्यवाद व्यक्त गर्नुभएको थियाे ।

पत्रकार सिन्धु ढकाल, शान्ता अधिकारी, प्रतिमा सिलवाल, प्रतिमा कुमाललगायतले दर खाने संस्कृतिका बारेमा चर्चा गर्नुभएको थियो ।

केन्द्रका संरक्षक केपीकिरण शर्माले २०६५ सालबाट सञ्चालन गरिएको केन्द्रमा अहिलेसम्म लट्टे नै पकाएर दर नखुवाएकोमा प्रेसयुनियनले जुटाएकाे अवसर प्रति धन्यवाद सहित आभार व्यक्त गर्नुभएकाे थियाे ।

`कार्यक्रमकाे माध्यमबाट तिजको दरको संस्कृतिबारेमा समेत बालबालिकालाई शिक्षा दिएको केपिकिरणले बताउनुभयो ।

गामवेशीकाे चेपाङ सँरक्षण केन्द्र चितवन ,धादिङ , मकवानपुर लगाएतका क्षेत्रका चेपाङ बालबालिकालाई आवासीय रुपमा शिक्षा सहितकाे सेवा उपलब्ध केन्द्रकाे रुपमा देशविदेशमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0