२०८१ भाद्र १९, बुधबार

चितवन । सधै झै यसपालिको तीजकाे अवसर पारेर प्रेस चाैतारी नेपाल चितवन शाखाले देवघाट आश्रममा आश्रित बृद्धवृद्धाहरुलाई दर खुवाउने कार्य गरेकाे छ ।

नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठककाे प्रमुख आतिथ्यता र प्रेस चाैतारी नेपालका केन्द्रीय ,प्रदेश तथा जिल्ला नेतृत्वकाे उपस्थितिमा सम्पन्न दर खुवाउने कार्यक्रममा अध्यक्ष पाठकले विभिन्न परिस्थितिले आश्रममा आश्रित हुनुभएका बुबाआमाहरुसँग एकबिहान भनेपनि सँगै बसेर नाचगान गर्ने दर खुवाउने जस्ताे अति महत्त्वपूर्ण मानवतासँग जाेडिएकाे कार्य गरेकाेमा चाैतारी चितवनलाई हार्दिक धन्यवाद दिदै यसकाे सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।

यसैगरीप्रेस चाैतारीका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईले देशकै सबैभन्दा धेरै पत्रकारहरुकाे सँगठन त्यसमा पनि नेपालमै पहिलाे आफ्नै भवन बनाउने क्षमता राख्ने चाैतारी चितवनले आश्रित वृद्धवृद्धालाई दरखुवाउने जस्ताे पवित्र कार्यगरेर सामाजिक उत्तरदायित्व पूरा गरेकाेमा चितवन चाैतारीलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएकाे थियाे।

नेपाल पत्रकार महासँघ चितवनका सचिव दीपेन्द्र अधिकारीले वृद्ध बा आमाहरुकाे मुहारमा एकछिन भएपनि हाँसाे र खुशी ल्याउन दर खुवाउने कार्य आफैँमा वृद्धबा आमाबाट आशिर्वाद प्राप्तगर्ने अवसर समेत भएकाेले आयाेजक चाैतारी चितवन प्रति धन्यवाद व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रमकाे अध्यक्षता समेत गर्नुभएका चितवन चाैतारीका अध्यक्ष सुवास पण्डितले पत्रकारका हैसियतले दुनियाँका समाचार बनाउने पेशागत काम भएपनि आफ्ना परिश्रमकाे हिस्साबाट केही नगद सँकलन गरेरै भएपनि चाैतारी चितवनले वर्षैपिच्छे वृद्ध बाआमालाई दर खुवाउने याेजना बनाउदै भेटघाट गर्ने अवसर सृजना गरेकाे बताउनुभयाे ।

चाैतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत गर्नुभएकाे कार्यक्रमकाे सञ्चालन भने सँस्थाका सचिव ध्रुवराज खनालले गर्नुभएको थियाे ।

सहयाेगी मन र दाताकै मुख्य सहयाेगमा सञ्चालित साे आश्रममा हाल ३३ जनाले आश्रय लिइरहेको आश्रम व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0