२०८१ भाद्र १७ , साेमबार

चितवन । बुटवल – नारायणगढ सडकको काम चाडै सक्न सरकार लागिपरेको भाैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताउनुभएकाे छ ।

प्रेस चाैतारी नेपाल चितवन शाखाले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वहाँले साे बताउनु भएकाे हाे । सडक निर्माण शुरुगरेकाे लामो समय हुँदापनि कार्यप्रगति भने केवल ५४/५५ प्रतिशत मात्रै भएकाे प्रति मन्त्री दाहाल भन्नुभयो `हामीले एक वर्ष म्याद थपेका छाैँ । सरकारकाे तर्फबाट दिनुपर्ने भुक्तानी राेकिएकाे छैन। काम चाडै सक्न ठेकेदार कम्पनीलाई ताकिता गरेका छाैँ ।´

सरकारले क्युआर सहितको लाइसेन्स जारीगर्ने तयारी गरेकाे भन्दै मन्त्री दाहालले भन्नुभयो `२० लाख लाइसेन्स बन्ने प्रकृयामा छ , वितरणको जिम्मा प्रदेशको हुनेछ ।´ यसैगरी मन्त्रालयका सचिव केशवकुमार शर्माले वर्षा सकिनासाथ रेलमार्गकाे अध्ययन सुचारु हुने बचाउनुभयाे ।

भरपर्दो बैकल्पिक सडक सञ्जाल नभएकाे र लामो समय देखि सडक निर्माण अलपत्र भएका कारण बुटवल – नारायणगढ सडक छेउछाउका बासिन्दा समेत हैरानीमा परेका छन् भने रेल मार्गकाे हल्लासँगै बैकले ऋण नदिने देखि घरजग्गा खरिदबिक्री नै हुनछाेडेकाेले स्थानीय नागरिक भने आक्राेसित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0