२०८१ भाद्र १७, साेमबार

कृष्ण खनाल,चितवन

विभिन्न कारण देखाउँदै सर्दैआएकाे नेपाल पत्रकार महासँघकाे निर्वाचनकाे नयाँ मिति सार्वजनिक भएकाे छ ।

केन्द्रीय अध्यक्ष विपुल पाख्रेलका अनुसार आगामी असाेज ५ गते देशभरका सबै तहकाे निर्वाचन सम्पन गराउन निर्वाचन समितिलाई पत्रचार गरिएको छ ।

नयाँ नेतृत्व छान्ने प्रकृयामा केही विलम्ब भएकाे भन्दै अध्यक्ष पाेख्रेलले आमपत्रकार र महासँघसँग प्रत्यक्ष अप्रत्यक्ष सराेकार राख्ने पक्षहरुमा निराशा र चिन्ता छाएकाे बताउनुभएकाे छ ।

पत्रकार र सम्वद्ध सँस्थाका नाममा जारि अपिलमा पाेख्रेलले भन्नुभएकाे छ `समग्र नेपाली पत्रकारिता जगत सँकटकाे घेरामा परेकाे बेला महासँघकाे नेतृत्व समयमै चयन भई आइपर्ने सबैखाले चुनाैती सामना गरेर समग्र नेपाली सञ्चार क्षेत्रकै नेतृत्व लिनुपर्ने आवाज आफैँमा महत्त्वपूर्ण विषयमात्र नभै महासँघ प्रतिकाे भराेसाकाे विषय हाे ।´

अध्यक्ष पाेख्रेलले सँस्थागत शुद्धीकरण र पेशागत शुद्धता गर्नेकार्यमा भएकाे कमीकमजोरी प्रति नैतिक जिम्मेवारी लिदै घाेषित मितिमा निर्वाचन सम्पन्न गर्ने अभियानमा लाग्न अपिल गर्नुभएको छ ।

पटकपटक महासँघकाे निर्वाचन सर्ने र स्थगन हुँदै आइरहेको थियाे भने कृयाशील पत्रकारहरुकाे नाम नै पत्रकारकाे सुचीबाट हटाइएको विषयमा महासँघ नेतृत्व विवादमा पर्दै आइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0