२०८१ भाद्र १५, शनिबार

दुर्लव पाेखरेल

चितवन।गण्डकी बहुउद्देश्यीय सहकारी संस्था लि. को तेस्रो  वार्षिक साधारणसभा सम्पन्न भएकाे छ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघ का अध्यक्ष भिष्म प्रसाद खनालकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा मा महानगरपालिका सहकारी तथा रोजगार शाखा अधिकृत रोजी के.सी  बिशिस्ट अतिथि रहनु भएको थियो ।

राष्ट्रिय सहकारी बैक चितवनका प्रमुख रामशरण सापकोटा, जिल्ला सहकारी संघका संचालक समिती सदस्य बालकुमार श्रेष्ठ अतिथि रहनुभएको साधारणसभा को अध्यक्षता गण्डकी बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष शंकर नेपाल ले गर्नु भएको थियो ।

उपाध्यक्ष तथा उध्योग वाणिज्य संघ चितवन का उपाध्यक्ष सुमन श्रेष्ठ ले स्वागत मन्तवय राख्नु भयको थियो। सचिव स्याम बन्धु पोखरेल ले संस्था को वार्षिक प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन   मणिभद्र कंडेल  प्रस्तुत गर्नुभएको थियो ।

साथै साे अवसरमा उत्कृष्ट दुई वचतकर्ताहरुलाई सम्मान गरिएको थियो। छोटो समयमै चितवनमा सुशासनमा रहदै एउटा उदयमान सहकारी को रुपमा स्थापित बनाउन सहयोग गर्नु  भएकोमा  संचालक समिती , लेखापरीक्षण समिति,  विभिन्न उपसमिति तथा सेयर सदस्य हरुमा संस्था का अध्यक्ष शंकर नेपाल ले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0