२०८१ भाद्र १४,शुक्रबार

प्रेस चौतारी नेपाल चितवन शाखाले विभिन्न पत्रकारितासहितको पुरस्कार प्रदान गर्ने भएको छ ।

शाखाको शुक्रबार बसेको बैठकले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार , जाेखिम पत्रकारिता पुरस्कार, स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले चौतारिका सदस्य स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको समेत घोषणा गरेको शाखा अध्यक्ष सुवास पण्डितले बताउनुभयाे । वहाँका अनुसार कोषका लागि आवश्यक कार्यबिधी समेत बैठकले पारित गरेको छ । जन्मदिनका अवसरमा काेषमा १५ हजार रुपैयाँ सहयोग गरेकाे पण्डितले जानकारी दिनुभयाे ।

चौतारीले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार ,जोखिम पत्रकारिता पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्दै आएकोमा यस बर्ष स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार समेत वितरण गर्न लागेको अध्यक्ष पण्डितले बताउनुभयाे ।

शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार वितरणका लागि चौतारिका अध्यक्ष पण्डितको संयोजकत्वमा डाक्टर तिलचन्द्र भट्टराई र पत्रकार महासंघका पुर्व अध्यक्ष जनक अर्याल सदस्य रहने गरि समिति बनाएको छ । स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न शाखा अध्यक्ष पण्डितकै संयोजकत्वमा प्रदेश सहइन्चार्ज शालिग्राम नेपाल र चौतारी चितवनका पुर्व सचीव नारायण सापकोटा सदस्य रहेको समिति तथा जोखिम पत्रकारिता पुरस्कार वितरणका लागि शाखा अध्यक्ष पण्डितको संयोजकत्वमा जिल्ला इन्चार्ज प्रतिमा सिलवाल र जिल्ला सचीव ध्रुवराज खनाल सदस्य रहेको समिति बनाएको छ ।

स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको खाता ग्लोबल आइएमइ बैंकमा शाखा अध्यक्ष ,सचिव र कोषाध्यक्षको हस्ताक्षर रहने गरि खोल्ने निर्णय भएकाे चाैतारी चितवनले जनाएको छ।

वृद्ध बाआमाहरुकाे सम्मानमा तीजकाे अवसर पारेर आगामी भदौ १९ गते विहान देवघाटकाे वृद्राश्रममा दर खुवाउने समेत निर्णय भएकाे सचिव ध्रुवराज खनालले जानकारी दिनुभयाे । `हरितालिका तिजको अवसर पारेर देवघाटको वृद्धाश्रमा तथा चाैतारीका महिला दिदिबहिनीहरूलाई साेही दिन दर खुबाउने निर्णय भएकाे छ ´ खनालले भन्नुभयाे ।

बैठकले चाैतारीका सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्ने, चौतारिका सदस्यलाई प्रशिक्षण कार्यक्रम असोज पहिलो साता गर्ने निर्णय समेत गरेको चौतारी चितवनले जनाएको छ।

त्यस्तै प्रेस चाैतारीकाे आर्थिक बर्ष २०८० /८१ सहित हुनबाँकी सबैलेखा परीक्षण प्रतिवेदन पारित पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0