२०८१ भाद्र १२, बुधबार

चितवनकाे सनराइज बाेर्डिङकाे हाेस्टलबाट बेपत्ता भएको भनिएका बालकलाई आफ्नै बुबा गणेश पाैडेलसँग रहेकाे  खुलेकाे छ ।

कक्षा ५ मा अध्ययनरत ११ बर्षीय बालकलाई उसैकाे अभिभावकले लुकाएर स्कुललाई दाेष लगाएकाे बाेर्डिङ स्कुलका सहायक प्रिन्सिपल भूमिराज तिवारीले बताउनुभयो ।

`बालकलाई उनीहरुकै अभिभावकले लुकाएर स्कुलबाट बेपत्ता भयाेभनी हल्ला गरेका रहेछन् , अभिभावकले नै लिएरआए´ तिवारले भन्नुभयाे। `प्रहरीकाे राेहवरमा कागज गरियाे।हामीले पनि वकिल राखेर कागज गरेर बच्चा जिम्मा लगायाैँ´सहायक प्रिन्सिपल तिवारीले भन्नुभयाे ।

बालक पाैडेल मँगलबार अपरान्ह ४ बजेबाट विद्यालयकाे सँपर्कमा थिएनन् । भरतपुर १३ उज्ज्वलनगर घर भएका उनको आमा श्रीमानसँग पारपाचुके गरेकाे र अहिले वैदेशिक राेजगरीमा हुनुहुन्छ । छाेरालाई आमाले बाेर्डिङकाे हाेस्टलमा भर्ना गर्नुभएकाे थियाे । थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0