२०८१ भाद्र १०,साेमबार

कृष्ण खनाल

भगवान विष्णुकाे आठौं अवतारकाे महत्त्व र महिमा तामसी प्रवृत्तिकाे नाश र सत्यकाे सँरक्षण र विजयसँग केन्द्रीत भएकाे पाइन्छ ।

आफन्तबाटै अन्याय र अत्याचार खेपिरहेका बाबुआमाकाे काेखबाट जेलमा जन्मिएका कृष्णले जिवनभर सत्यकाे पक्षमा उभिएको देखिन्छ ।

द्वापर युगकाे भाद्रकृष्ण अष्टमीकाे राती श्रीकृष्णकाे जन्मभएकाेले धर्तीमा सत्यकाे आगमन स्वरुप कृष्ण पूजन हुने गरिन्छ । ज्ञानयाेग , कर्मयाेग र भक्तियाेगका प्रणेता श्रीकृष्णले कुरुक्षेत्रमा काैरवसँगकाे लडाइँमा सारथीकाे रुपमा सँलग्न भै अर्जुनलाई उपदेश प्रदान गर्नुभएकाे र साेही उपदेशलाई गीता ग्रन्थकाे रुपमा आज पर्यन्त भक्तिका साथ पुजिदै आएकाे छ। पाैराणिक ग्रन्थ अनुसार श्रीकृष्णले बालककालमै पुतना,कँश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिकाे नाश गर्नुभएको थियाे ।

आज देशका सबैजसाे श्रीकृष्ण मन्दिरहरुमा भक्तजनको भीड लाग्नेगर्दछ । कागेश्वरी मनाेहराकाे नवतनधाममा बिहानैदेखि भक्तजनको भिडलागेकाे छ । यसैगरी बूढानीलकण्ठ , चितवनकाे श्रीकृष्ण धाम,बत्तिसपुतली स्थित श्रीरामचन्द्र मन्दिरमा समेत ठुलाे सँङ्ख्यामा भक्तकाे उपस्थिति रहेकाे छ । पाटनस्क्वायर स्थित श्रीकृष्ण मन्दिरमा विभिन्न झाकीसहित भक्तजनकाे उपस्थिति रहेकाे छ । राति श्रीकृष्ण जन्मिए पछि शाेभायात्रा निकालिने विभिन्न सँघसँथाले जनाएका छन् ।

आज सरकारले देशभर सार्वजनिक बिदा दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0