२०८१ भाद्र ९, आइतबार

आँबुखैरेनी स्थित ऐनापहराबाट मर्स्याङ्दीमा गत शुक्रबार खसेकाे बस निकाल्न स्थान सहजताका लागि भाेलि बिहान साढे तीन घण्टा पृथ्वीराजमार्ग बन्द हुने भएकाे छ ।

तनहुँ जिल्ला प्रशासनले आइतबार एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुने जनाएको छ। ठुलाे सँख्यामा मानवीय क्षेती हुनेगरी दुर्घटना भएकाे भारतीय नम्बर प्लेटकाे बस नदीबाट निकाली शुरक्षित हुनासाथ राजमार्ग सुचारू हुने प्रशासनले जनाएको छ ।

नदि खसेकाे बसलाई सडमसम्म ल्याउनका लागि ठुला उपकरण प्रयाेग गर्नु परेकाेले सडक नै खाली गर्नुपरेकाे हाे ।

भाेली साेमबार ६:३० बिहान देखि १० बजेसम्म राजमार्ग अवरुद्ध हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0