२०८१ भाद्र ८, शनिबार

काठमाडौं, ऐनापहरा स्थित आबुखैरहनीमा भएकाे बस दुर्घटनामा परेका आफ्ना नागरिकलाई भेट्न भारतका युवा मामिला तथा खेलकुदमन्त्री रक्षा निखिल खड्से काठमाडौं आईपुग्नुभएकाे छ ।

आज बिहान काठमाडौं आईपुग्नुभएकी मन्त्री खड्सेले आफ्ना नागरिककाे अवस्था बुझ्न महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुग्दैगर्नु भएकाे छ । पाेखराहुँदै काठमाडौं जादैगरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरहनी स्थित ऐनापारामा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी २७ जनाकाे मृत्युु भएकाे थियाे भने १६ जनाकाे काठमाडौं टिचिङ अस्पतालमा उपचार भैरहेको छ।

उपचारको क्रममा चितवनमा ज्यान गुमाएकाहरुकाे शव परिक्षण भरतपुर अस्पतालमा भैरहेकाे छ। परिक्षणपछि शव भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0