२०८१ भाद्र ७,शुक्रबार

काठमाडौ । उत्तराखण्डकाे रुद्रप्रयागमा बिहीबार रातीकाे पहिरामा परी चितवन माडीका तीन जनाएको मृत्यु भएकाे छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा माडी – २ सितलपुरका तुलबहादुर दमै, माडी – १ का भङ्गताका कृष्णबहादुर परियार र माडी -५ छरछरेका पूर्णबहादुर नेपाली रहेका चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो । केही महिना अगाडि सडक निर्माण कामका लागि उनीहरु भारत गएकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0