२०८१भाद्र ६ बिहीबार

चितवन । आउदैगरेकाे पर्वलाई लक्षित गरि भाेली भाद्र ७ गतेबाट शुरुहुने` दाेश्राे तीज विशेष उद्यमशिल एक्स्पाे तथा व्यापार मेला- २०८१´काे सँपूर्ण तैयारी पूरा भएकाे छ ।

भरतपुर स्थित उद्योग परिसँघकाे प्रदर्शनी कक्षमा साे मेलाकाे बागमती प्रदेशका उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्रीद्वारा उद्घाटन हुने चितवन उद्योग सँघका सुचना अधिकृत राजु भट्टले जानकारी दिनुभयाे ।

` मेलाकाे सँपूर्ण तैयारी पूरा भै निमन्त्रणा पत्र समेत पठाइसकिएकाे छ।, कार्यक्रमकाे उद्घाटन सभा भाद्र ०७ गते बिहान १०: ३० बजे बागमती प्रदेशका उद्योग मन्त्रीले गर्नुहुनेछ ।´- सुचना प्रमुख भट्टले भन्नुभयाे ।

महिला उद्यमशिलताकाे प्रवर्द्धन गर्न र आर्थिक गतिविधिलाई चलयमान बनाउने उद्देश्यले आयाेजित साे मेलाले उद्यमी महिलाहरू एकै छानामुनी जमघट गराएर व्यापार प्रवर्द्धनका साथै सीप र अनुभवकाे समेत प्रवर्द्धन हुने आयाेजकले जनाएको छ ।

महिलालाई उद्यमी बन्नका लागि प्रेरित गर्नुका साथै साना महिला उद्यमीहरुकाे सीप र उत्पादनकाे प्रवर्द्धन गर्दै उनीहरुलाई थप हाैसला प्रदानगर्नु मेलाकाे उद्देश्य रहेकाे छ ।

हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0