२०८१ भाद्र ५,बुधबार
अङ्ग्रेजी भाषाको अतिक्रमण
————————-
                 *
भइन् माता ‘मम्मी ‘जनक अब ‘ डैडी ‘ हुन गए –
उता आफ्ना काकाहरु पनि सबै ‘ अड्’कल ‘ भए ,
बनिन् काकी ‘ आन्टी ‘ गुरु-पद सबैको ‘ सर ‘भयो-
बसी हेर्दा हेर्दै अबत खतरा ‘ डेन्जर ‘ भयो ।
                 *
.
क्षमा पाऊँ भन्ने लबज कसरी भो अब ‘ सरी ‘ ?
कतै ‘एक्स्क्युज्मी ‘को ध्वनि पनि सुनिन्छन् हरिहरि !
बढ्यो ‘एस् ‘ वा ‘नो ‘ मा मनुज मतिको ‘ नेचर ‘ झन-
परें अप्ठ्यारोमा किनकिन ‘ डिफीकल्ट् ‘ बुझन ।
              .*
नमस्ते ‘ गुड्मोर्निड्’ ‘सित बदलियो प्रेम ‘लभ ‘मा
हुँदा हेराफेरी असफल पुग्यो ‘फ़ेल ‘ गफमा
बढ्यो अंग्रेजीमा लबज सबमा आज यसरी-
प्रियालाई ‘डार्लिड् ! इलुइलु ‘ भनूँ लौ न कसरी ?
             *
.
उड़े नेपालीका परिचय-कला-संस्कृति सब
यहाँ छायो नौलो कुन कुरुचिको चित्र गजब !
बने वा बिग्रे यी सकल नर – जाति प्रतिदिन
मलाई भो गारो सहजसित ‘एड्जस्ट् ‘ पनि हुन ।
            *
.
तिमी जन्म्यौ कस्तो दिन , कृपण वैज्ञानिक बनी ?
समात्यौ व्यर्थैमा अरुचिकर त्यो दर्शन पनि
कुँद्यौ आँखा चिम्ली , नबुझिकन सामाजिक रुचि
धरित्रीमा भित्र्यो , कुनदिन कठै! कृष्ण-कुरुचि ।
          *****
(वरिष्ठ छन्दकवि / साहित्यकार केशवराज आमाेदी- ऐतिहासिक खण्डकाव्य`कर्मभूमि´२०६० बाट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0