२०८१ भाद्र ५,बुधबार

चितवन।भरतपुर १२ का ३९ वर्षीय सम्झना काफ्लेकाे ४ गते भरतपुर अस्पतालमा उपचारकोक्रममा भएकाे मृत्युको विषयमा छानबिन हुने भएकाे छ ।

पाठेघरकाे ट्यूमरकाे शल्यक्रिया गर्नेक्रममा काफ्लेकाे मृत्युु भएपछि आफन्तले अस्पतालकाे लापरबाही भएकाे भन्दै आन्दाेलित भएपछि जिल्ला प्रशासन कार्यालय चितवनमा भएकाे  सुरक्षा समितिको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाको सँयाेजकत्वमा छानबिन समिति गठन गरिएको हाे ।

समितिमा विपि काेइराला क्यान्सर अस्पतालमा कार्यरत एनेस्थाेलाेजिष्ट डा.प्रदिप थापा , प्रहरी निरिक्षक विवेक घिमिरे , अनुसन्धान अधिकृत अजय शर्मा सदस्य , प्रशासकीय अधिकृत अन्तिम सिँजाली, सदस्य रहेका छन् ।

यसैगरी समितिमा पिडितकाे तर्फबाट रमेश काफ्ले,राजेन्द्र ढकाल,मन्दिरा काफ्ले सदस्य रहेका छन् । बैठकमा मृतकका श्रीमान् लाई आमन्त्रितकाे रुपमा बाेलाईने छ ।

समितिकाे सदस्य सचिवमा भने शाखा अधिकृत तुलसीराम आचार्यलाई जिम्मेवारी दिइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0