२०८१ भाद्र ५, बुधबार

काठमाडौं । आराेपी ठग केदारनाथ शर्मा विरुद्ध सम्पत्ति सुदृढीकरणमा मुद्दा दायर भएकाे छ ।

अनुसन्धानकाेक्रममा आफ्नो नाममा १०० भन्दा बढी स्थानमा जग्गा खरिद गर्नुका साथै ११६ वटा गाडी खरीद गरेकाे पाइएकाे शर्मा विरुद्ध २२ अर्ब ८८ कराेड,९५ लाख ७० हजार,४ सय १५ रुपैयाँकाे श्राेत खुल्ने अवस्था नदेखिएपछि सम्पत्ति सुदृढीकरणमा शर्मा विरुद्ध मुद्दा दायर भएकाे हाे ।

शिव शिखर बहुउद्देश्यीय सहकारी सँस्थाका अध्यक्ष सहित सँस्थाका निर्देशक( शर्माकी श्रीमती ) गीता शर्मा,म्यानेजर पुष्कर मल्ल ,सञ्चालक अध्यक्ष सुशील बानिया,व्यवस्थापक लीलानाथ गाैतम,सचिव तेजकहादुरका साथै मन्दीप खवास, सविना न्याैपानेलाई प्रतिवादी दायर गरिएको छ

।यसैगरी ऋण अधिकृत मुकुन्द कपाली समेत प्रतिवादीमा रहेका छन् ।

आराेपी ठग केदारनाथ शर्मा हाल पुर्पक्षका लागि हिरासतमा छन् भने उनले स्थापना गरि सञ्चालन गरेकाे शिव शिखर बहुउद्देश्यीय सहकारी सहित छाता सँगठन भनी निर्माण गरेकाे शिव शिखर अर्गनाइजेसनका नाममा शेयर बिक्री गरे थप खबा‌ै ठगी गरेकाे अनुसन्धानबाट खुलेकाे बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0