२०८१ भाद्र , मँगलबार

चितवन। भाद्र ५ गते एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले शैक्षिक मेला ` इन्लाइटन एडु´काे आयाेजना गर्ने भएकाे छ । एक्सपर्टकाे भरतपुर स्थित बेसक्यमा हुने मेलाकाे सम्पूर्ण तैयारी पूरा भएकाे सँस्थाका चितवन निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । बिहान १० बजेबाट शुरु भै दिउँसो ३ बजेसम्म चल्ने साे मेलामा

अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्ने निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो।

सबै तैयारी पूरा भैसकेकाे छ, भाेली युनिभर्सिटी तथा कलेजकै प्रतिनिधिसँग विद्यार्थीले आधिकारिक र भरपर्दो परामर्श लिनेछन् ´- प्रबन्ध निर्देशक अधिकारीले श्रीखबरसँगकाे कुराकानीमा भन्नुभयने ।

मेलाले ‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने अधिकारीकाे दावी छ।

विगत २१ वर्षदेखि शैक्षिक परामर्शकाे क्षेत्रमा काम गरिरहेको एक्सपर्ट एजुकेसनले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ। । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

(भूमण्ड नेटवर्क प्रा. लि.द्वारा प्रकाशित श्रीखबर अनलाइन सञ्चारका लागिकृष्ण खनाल, चितवन )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0