स्वस्थ बच्चा जन्मन आमा स्वस्थ हुनु जरुरी छ

२०८१ भाद्र ४ मँगलबार

चितवन । आमा बच्चा स्वास्थ नेपालका अध्यक्ष कविता खतिवडा आफैँ याेग्यता र अनुभवले खारिएकी अनुभवी व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

नर्सिङ र समाजशास्त्रमा स्नातकोत्तर कविता हाल मनकामना अस्पतालमा नर्सिङ विशेषज्ञ सेवाका साथै कालिका टेक्निकल कलेज, बालकुमारी लगाएत विभिन्न कलेजहरुमा प्राध्यापन पेशामा सम्लग्न हुनुहुन्छ ।

घिमिरेकाे अध्यक्षतामा कृयाशील `आमा बच्चा स्वास्थ नेपाल´ नामकाे गैरसरकारी सामाजिक सँस्थाले विभिन्न सँघसँस्था, स्थानीय निकाय तथा सँस्थाकाे पहलमा आमा, बच्चा तथा किशोरकिशोरी लक्ष्यित स्वस्थ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे छ ।

यसै विषयकाे सेराेफेराेमा रहेर सँस्थाकाे उद्देश र सन्चालित गतिविधिका बारेमा सँस्थाका अध्यक्ष कविता खतिवडासँग श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनाल द्वारा गरिएको छाेटाे कुराकानीकाे सम्पादित अँशः

*अध्यक्ष ज्यू नमस्कार । तपाईं `आमा बच्चा स्वास्थ नेपाल´ काे अध्यक्ष । आफैँ पनि नर्सिङ विज्ञ । विभिन्न कलेजहरुमा प्रध्यापन पनि गराउनुहुन्छ । याे `आमा स्वास्थ नेपाल´ भनेकाे के हाे, के काम गर्छ याे सँस्थाले ?

**- धन्यवाद, नमस्कार। हाे म विगत लामाे समय देखि स्वस्थ क्षेत्र म‌ै छु । नर्सिङ लगाएत  कलेजमा पढाउँछु पनि ।

रह्याे सँस्थाकाे कुरा । `आमा बच्चा स्वास्थ नेपाल´ नामैले पनि प्रष्ट छ स्वस्थ बच्चा जन्मन आमा स्वस्थ हुनु जरुरी छ । अर्थात आमा स्वस्थ हुनुभनेकाे उनले जन्माएका बालबालिकाहरु समेत स्वस्थ हुने बाताबरणकाे पूर्व तैयारी हाे । बालबालिका स्वस्थ हुनु भनेकाे घर परिवार , समाज र राष्टले एउटा याेग्य नागरिक प्राप्त गर्नु हाे ।

स्वस्थ नागरिक नै देशका लागि याेग्य नागरिक हुने हुनाले याेग्य नागरिक उत्पादन हुने मूलस्थान नै आमा हाे भने भाेलिकाे स्वस्थ जनशक्ति नै आजका बच्चा हुन् । यहि आमा र बच्चालाई कसरी स्वस्थ राख्ने भन्ने मूल उद्देश्यले २०७१ सालमा जन्मिएको सँस्था हाे `आमा बच्चा स्वास्थ नेपाल ´ । याे गैर नाफामूलक सामाजिक सँस्था हाे ।

* सँस्थाकाे उद्देश्य पनि त हाेलान् ?

** – सँस्थाकाे मुख्य दृष्टिकाेण नै स्वस्थ एवँ समुन्नत समाजकाे निर्माण जहाँ अस्तित्व र अधिकार काे विभेद नहाेस्, आमा तथा किशोर किशोरीहरु शुरक्षित हाेउन् र स्वतन्त्रताका साथ बाँच्न सकुन् भन्ने रहेकाे छ।

– HIV /AIDS तथा याैन राेग नियन्त्रण,धुम्रपान तथा लागूअैषध नियन्त्रण,प्रजनन स्वास्थ्य,तथा वातावरण सँरक्षण जस्ता विषयमा चेतनामूलक कार्यक्रमका साथै स्वस्थ्य शिविर सञ्चालन गरिएको छ ।

*- कस्ता प्रकृतिका कार्यक्रममा सँस्था बढि केन्द्रित भएकाे छ ?

 

** हाे, हाम्रा कार्यक्रम स्वस्थ सचेतना, उपचार तथा परामर्श का साथै बाताबरण सँरक्षणका कार्यक्रम सञ्चालन गर्दछाैँ । स्वस्थ्य सचेतना, गर्भाअवस्था तथा गर्भपतनका जाेखिमकाे बारेमा किशोरी, महिला तथा स्वयं सेविकासँग कार्यक्रम सञ्चालन भएका छन् ।

* – सँस्थाका भावि याेजनाहरु नि ?

** – छन् । हामीले कीशाेरी बचाउ अभियान , युवा लक्षित लागुपदार्थ नियन्त्रण तथा सचेतनाका साथै प्रयावरण सँरक्षणका क्षेत्रमा काम गरेका छाैँ र यसलाई अझ प्रभावकारी बनाउन भविष्यमा कार्यक्रम सञ्चालन गरिने छ ।

(भूमण्डल नेटवर्क प्रा.लि. द्वारा प्रकाशित श्रीखबर अनलाइन सञ्चारका लागि कृष्ण खनाल, चितवन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0