२०८१ भाद्र ३, साेमबार

चितवन । शैक्षिक परामर्श तथा अध्ययनका लागि विदेशजान चाह भएका विद्यार्थीहरुलाई आवस्यक ज्ञान, सीप र प्रकृया व्यवस्थापनकाे काम गरिरहेकाे सेन्ट्रल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरि सेन्ट्रल माेडल कलेज सन्चालनमा ल्याएकाे छ ।

भाेली मँगलबार र बुधबार भने कलेजले प्लस टु उत्तिण गरेका चितवन र नवलपरासीका विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने भएकाे छ ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत समेत गरिने कलेजका प्रिन्सिपल यज्ञ विलास ( वाईबी)पाैडेलले बताउनुभयो । करियर काउन्सिलिङ समेत गरिने भएकाले चितवन र नवलपरासीका विद्यार्थीलाई साे कार्यक्रममा सहभागी हुन प्रिन्सिपल पाैडेलले आव्हान गर्नुभएकाे छ ।

सास्कृतिक कार्यक्रमकाे समेत आयाेजना गरिएको र कार्यक्रममा सहभागी हुन आउने विद्यार्थीका लागि कलेजले गाडीको समेत व्यवस्था गरेकाे प्रिन्सिपल पाैडेलले बताउनुभयो । विएच एमल तथा विआई एम काे अध्ययन हुने साे कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विद्यार्थीकाे क्षमताका आधारमा भारीमात्रामा छात्रवृत्तिको समेत व्यवस्था रहेकाे पाैडेलले जानकारी दिनुभयाे ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । बिद्यार्थीका लागि निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको कलेजले होस्टलको समेत व्यवस्था गरेको छ ।

सेन्ट्रल कलेजमा भाषा कक्षा लिन चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन, आइएलटिएस, पिटिइका कक्षाहरु पनि धमाधम सञ्चालन भइरहेका छन । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

कार्यक्रम भरतपुर ओरालाे स्थिति सेन्ट्रल कलेजकाे सभाहलमा सन्चालन हुने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0