२०८१ भाद्र २, आइतबार

चितवन । कान्तिपुर डेन्टल सेन्टर मार्फत दाँत,मुख र गिँजाकाे गुणस्तरीय उपचार तथा परामर्श उपलब्ध गराइने डेन्टल सेन्टरका प्रमुख डा.बुद्धिमान श्रेष्ठले बताउनुभयो ।

                                                         

[कुराकानीका क्रममा पत्रकार कृष्ण खनाल / कुराकानी गर्दै कान्तिपुर डेन्टलका प्रमुख डा. बुद्धिमान श्रेष्ठ]

२०५६ सालमा पाेखरा र २०५८सालमा बुटवलमा टेन्टल सेवा सन्चालन गरेका डा.श्रेष्ठले २०६० सालदेखि चितवनकाे नारायणगढमा शाखाकाे रुपमा सेवा दिइरहेकाेमा भाद्र १ गते शनिबारदेखि भरतपुरकाे एयरपोर्ट अगाडिबाट थप शाखा विस्तार गरिएको डा. श्रेष्टले  बताउनुभयो।

दाँतसँगै गिँजा, मुख र अनुहारसँग सम्बन्धित सवैखाले उपचार तथा कस्मेटिक सर्जरी तथा गुणस्तरीय उपचार परामर्श सेवा उपल्ध गराउने उद्देश्यले एयरपोर्ट अगाडि आफ्नै भवनबाट सेवा शुरुगरेकाे बताउँदै श्रीखबर अनलाइन सञ्चारसँगकाे कुराकानीमा डा. श्रेष्ठले भन्नुभयो `सर्वसुलभ रुपमा अत्याधुनिक उपकरणको प्रयाेग र हाईटेक प्रविधि द्वारा विशेषज्ञ सेवा उपलब्ध गराइनेछ।´

स्याङ्जाकाे चापाकाेट पुर्खाैली घर भै बुटवल तथा काठमाडौं बस्दै आउनुभएका डा. श्रेष्टले आमनागरिकले मुख तथा दाँतकाे उपचारमा पहुँच पुर्याउने उद्देश्यले देशकाे ६६ जिल्लामा दाँत तथा मुख सम्बन्धि नि:शुल्क उपचार शिविर सञ्चालन गरिसकेकाे र आउने दिनमा समेत विभिन्न वर्ग तथा समुदाय लक्षित नि:शुल्क स्वास्थ शिविरहरु सञ्चालन गर्ने याेजना रहेकाे डा. श्रेष्ट बताउनुभयो ।

काठमाडौ विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसबाट दन्त चिकित्सा विषयमा स्नातक गरि उत्कृष्ट घाेषित टप विद्यार्थीलाई `बुद्धिमान श्रेष्ठ गाेल्ड मेडल ´ छात्रवृत्ति उपलब्ध गराउन यसै बर्ष रु २० लाखकाे `डाक्टर बुद्धिमान श्रेष्ठ अक्षयकाेष स्थापना गरिएकाे डाक्टर श्रेष्ठले बताउनुभयो ।

आगामी अगष्ट ३० तारिकमा हुने विश्वविद्यालय काे दिक्षान्त समाराेहमा प्रथम घाेषित विद्यार्थीले ` डाक्टर बुद्धिमान श्रेष्ठ गाेल्ड मेडल ´ प्राप्तगर्ने बताइएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0