२०८१ भाद्र १, शनिबार

दुर्लव पोखरेल, चितवन

चितवन ।नेकपा एमाले भरतपुर -७ को शनिबार सम्पन्न १२औं अधिबेशनले अनिलराज पाैडेलको अध्यक्षतामामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

वडा कमिटी अध्यक्ष गुरु घिमिरे को अध्यक्षतामा सम्पन्न अधिवेसन को प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञावाली रहेका थियो।

एमाले केन्द्रीय सदस्य तथा चितवन जिल्ला क्षेत्र नं- २ का इन्चार्ज कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटी सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष राम प्रसाद न्याैपाने जिल्ला उपाध्यक्ष स्याम कुमार बिष्ट लगायतका नेताहरुको उपस्थिति रहेको उक्त अधिवेसनमा भरतपुर – ७ का संगठित सदस्य हरुको बाक्लो उपस्थिति रहेको निवर्तमान अध्यक्ष गुरु अधिकारीले जानकारी दिए ।

अग्रज नेता कार्यकर्तारुको साथै बाम आन्दोलन नै महत्त्वपूर्ण योगदान पुर्याउने अग्रजहरुलाई सम्मान गरिएको साे अधिवेशनमा समग्र भरतपुर – ७ मै आफ्नो बिशिस्ट पहिचान बनाउन भएका अनिलराज पाैडेल सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचन गरेकाे हाे ।

कमिटीको उपाध्यक्षमा ज्योती प्रकास आले, सचिवमा कुश्माखर अधिकारी उपसचिवहरुमा उत्पल अर्याल विना कार्की निर्वाचित भएका छन् । कमिटिको सदस्य हरुमा भने सरस्वती थापा, स्याममणी पाैडेल, विष्णु नेपाल, शान्ती नेपाली रिता कार्की, शालिकराम पाैडेल, साैगात बस्याल, गजेन्द्र थापा, निशा धाैराली, लक्ष्मी ढकाल, राम प्रसाद आचार्य, देवकी थापा डल्लाकोटी, प्रसिद्ध थापा, पल्लवी पराजुली , होमनाथ पाैडेल, प्रम कुमारी आले मगर, लक्ष्मी पन्त अधिकारी, तुलसी भट्टराई, शुर्य प्रसाद तिमल्सिना, जयन्ती अधिकारी लामिछाने निर्वाचित भएका छन् ।

[भुमण्डल नेटवर्क प्रा.लि. द्वारा प्रकाशित श्रीखबर अनलाइन सञ्चारका लागि दुर्लव पोखरेल, चितवन]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0