२०८१ श्रावण २२, मँगलबार

आशिष आचार्य , काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे विकास र सम्वृद्धिका लागि भ्रष्टाचार भयानक र खतरनाक तगाराे भएकाेले यसलाई नियन्त्रण गरिने बताउनु भएकाे छ ।

प्रम ओलीले सँवृद्ध नेपाल र सुखी जनताकाे लक्ष्य पूरागर्न भ्रष्टाचार नियन्त्रण आवस्यक रहेकाे समेत बताउनुभएकाे छ । ओलीले प्रतिनिधिसभा अन्तर्गतकाे राज्यव्यवस्था तथा सुशासन समितिकाे मँगलबार बसेकाे बैठकलाई सम्बाेधन गर्ने साे बताउनु भएकाे हाे ।

भ्रष्टाचार निवारण ऐन, २०५१ लाई सँशाेधन गर्न बनेकाे विधेयकमाथिकाे छलफलकाे क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ` कसैप्रति आग्रह, पूर्वग्रह राखिने छैन ।

साेही क्रममा ओलीले भन्नुभयाे ` कसैले भ्रष्टाचार गरे अनुहार हेरिने छैन। कानुनको नजरमा सबै समान छन् । कानुनको कठघरामा सबै उभिनुपर्ने छ ।´

प्रधानमन्त्रीले कर छली नहाेस् भन्नेतर्फ सरकार सचेत रहेकाे समेत बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0