`भरतपुर निर्माणमा रेणु दाहाल´ विषयमा वक्तित्वकला प्रतियोगिता

२०८१ श्रावण १७, बिहीबार

चितवन । मेयर रेणु दाहाललाई जाेडेर समग्र भरतपुरकाे विकास र सम्वृद्धिका विषयमा वक्तित्वकला प्रतियोगिता हुने भएकाे छ ।

कपुरबाेट मिडियाकाे आयाेजनामा हुने साे प्रतियोगितामा सहभागी हुन सहभागीले भिडियो मार्फत आफ्नाे पठाउनुपर्ने छ ।

`भरतपुर निर्माणमा रेणु दाहाल´ विषय दिइएकाे साे प्रतियोगितामा प्रतिस्पर्धीले यहि भाद्र १५ गते भित्र कम्तिमा ३ र बढीमा ७ मिनेटकाे वक्तित्वकाे भिडियाे रेकर्ड पठाउनुपर्ने आयाेजकले पत्रकार सम्मेलन मार्फत बताएको छ ।

निर्णायहरु चिकित्सक डा. भाेजराज अधिकारी , पर्यटनविज्ञ डा.विश्व सुवेदी , शिक्षाविद् रमाकान्त सापकाेटा र प्रकाशमणि ज्ञावली रहेकाे साे प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख नगद प्राप्त गर्नेछन् ।

यसैगरी दाेश्राेका लागि ५० हजार , तेश्राे हुनेलाई रु २५ हजार र सान्तना हुने सहभागीले रु १० हजार पुरस्कार पाउने आयाेजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0