२०८१ श्रावण १६, बुधबार

-काठमाडौं । असार २८ गतेदेखि बेपत्ता यात्रु र बसकाे खाेजीका लागि सरकारले चीनसँग सहयोग माग्ने भएकाे छ ।

नारायणगढ – मुग्लिङ सडकअन्तर्गत सिमलताल नजिक गएकाे पहिरामा परि बस त्रिशूली नदिमा खस्दा बेपत्ता भएका मध्य २४ जनाकाे मात्रै शव फेलापरेकाे छ ।

गृहसचिव एकनारायण अर्यालका अनुसार बससँगै बेपत्ता यात्रुकाे खाेजीका ल चीनसँग सहयाेग माग्ने तयारी भएकाे हाे । देश भित्रका प्रविधि सहितका तालिम प्राप्त प्राविधिक र भारतबाट आएका विज्ञ टाेली प्रयाेग गरि खाेजिगर्दा पनि अवस्था अज्ञातै रहेपछि थप सहयोगका लागि चीनसँग सहयाेग माग्न लागिएको बुधबार सँसदकाे राज्य व्यवस्था समितिकाे बैठकमा अर्यालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0