कानुन विपरीत कम्प्युटर, माेवाइल तथा इन्टरनेट मार्फत हुने गलत गतिविधि नै साइवरक्राइम हाे

२०८१ श्रावण १४, साेमबार काठमाडौं ।

(चेम्बर अफ कमर्शकाे साइबर सुरक्षा सल्लाहकारमा नियुक्त: चिरञ्जीवी अधिकारी )

काठमाडौं । हालै नेपाल चेम्बर अफ कमर्सकाेआइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिकाे साइबर सुरक्षा सल्लाहकारमा नियुक्त हुनुभएका चिरञ्जीवी अधिकारी क्यान महासँघका महासचिव समेत हुनुहुन्छ ।

साइबर सुरक्षा क्षेत्रमा लामाे समय देखि कृयाशिल अधिकारी नेपालमा सालइबर सुरक्षा सम्बन्धि ज्ञान भएका मध्यमा अग्रणी व्यक्तिकाे रुपमा चिनिनुहुन्छ ।

#   अधिकारी ज्यू नेपाल चेम्बर अफ कमर्शकाे साइबर सुरक्षा सल्लाहकारमा नियुक्त हुनुभएकाेमा बधाई ।

साइबर सुरक्षा भनेकाे के हाे अलिकति बताइदिनुस् न।

*   धन्यवाद । साइबर सुरक्षा भनेकाे कम्प्युटर प्रविधिमा आएकाे विकाससँगै यसकाे प्रयाेगबाट कुनै प्रकारकाे नाेक्सानी हुन नपाओस् भन्नका लागि अपनाइने सजकता नै हाे ।

दिनानुदिन प्रविधिले आश्चर्यजनक सफलता प्राप्त गरिरहेकाे छ । प्रविधिलाई विभिन्न मेशिनरी डिभाइस मार्फत सँसारका हरेक क्षेत्रमा पुर्याउन जति सहज देखिन्छ त्याे भन्दा कैयौं गुणा जाेखिम पनि हामीसँगै छ हाे त्यहि जाेखिम कसरी पत्ता लगाउने र जाेखिम न्यून गर्ने भन्ने नै साइकर शुरक्षाकाे क्षेत्राधिकार हाे ।

#   आजभोलि साइबर क्राइमकाे बढाे बिगबिगी छ भनिन्छ ,  साइबर क्राइम भनेकेा के हाे

  •  हाे प्रविधिको विकाससँगै यसकाे गलत प्रयाेग हुनपुग्दा अर्थात दुरुपयोग हुनु नै अपराध हाे । याे नै साइबर क्राइम हाे ।
  • कानुन विपरीत कम्प्युटर , माेवाइल तथा इन्टरनेट मार्फत हुने गलत गतिविधि नै साइवरक्राइम हाे । यसभित्र कल वाइपास गर्ने, इमेल इन्टरनेट प्रयाेगगरि धम्की दिने,फेसबुक इम्पाेष्ट,पासवर्ड ह्याकिङ,फिसिङ्का साथै तथ्यांककाे चाेरी गर्नु साइबरक्राइम हाे ।
  • कानुनले निषेध गरिएका फाेटाेहरु प्रदर्शन गर्ने आदि कामगर्नु कानुनी रुपमा अपराध हाे ।याे नै कानुनी भाषामा साइबरक्राइम हाे ।
  • # च्याम्वर अफ कमर्श जस्ताे व्यवसायिक रुपमा देशकै महत्त्व र गरिमा बाेकेकाे सँस्थाले तपाईंलाई हालै साइबर सुरक्षा सल्लाहकार नियुक्त गरेकाे छ , त्यहाँ तपाईंको भुमिका के रहला ?
  • * हाे याेग्यता र क्षेमताका आधारमा मलाई साे सँस्थाकाे सप्टवेयर तथा टेक्नोलोजी समितिकाे साइबर सुरक्षा सल्लाहकारकाे जिम्मेवारी दिनुभएको छ । यस अवसरमा तपाईं र श्रीखबर अनलाइन सञ्चार मार्फत चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल तथा आइटी सप्टवयर तथा टेक्नोलोजी सँयाेजक विज्ञान श्रेष्ठ सहित सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
  • रह्याे मेराे भुमिका कस्ताे रहने काे । म एउटा साइवर सँग सम्बन्ध राख्ने प्राविधिक रहेकाे नाताले मैले सँस्थगत रुपमा सँस्थाकाे कभरेज क्षेत्र भित्ररहेका सँस्थाहरुकाे डाटा कसरी सुरक्षित राख्ने , प्रविधिको गलत प्रयाेग र दुरुपयोगलाई कसरी राेक्ने र नेपालका उद्योग व्यवसायलाई कसरी प्रविधि मैत्री बनाउन सकिन्छ भन्ने विषयकाे खाेजी नै प्रमुख जिम्मेवारी रहने छ । हामी र हाम्रा सँस्थागत गति र व्यवहारलाई शुरक्षित राख्नु आजकाे प्रमुख चुनाैति हाे किनभने प्रविधिको दृष्टिमा हामी सबै निगरानीमा छाैँ ।
  • आजकाे दुनियाँ प्रविधिकाे उच्चतम प्रयाेगमा छ । जति प्रविधिको विकास हुँदैजान्छ उत्तिनै त्यसले खतरा समेत श्रृजना गर्नसक्छ । जाखिमलाइ कसरी कमगर्न सकिन्छ र यसमा नयाँ के गर्न सकिन्छ , यसमा म कृयाशिल हुनेछु ।
  • # अहिले त सरकारले नै प्रविधिमा जाेडदिने भन्ने विषय उठान गर्दै वार्षिक बजेटमै व्यवस्था गरेकाे छ , के तपाईंहरुले भनेजस्ताे प्रविधिकाे महत्त्व बढेकै हाे त ?
  • * हाे नी । पछिल्ला दिनमा प्रविधिमा आएकाे परिवर्तनले सँसारलाई कैयौं सम्भावनाकाे ढाेका खाेलिदिएकाे छ । राज्यकाे ध्यानाकर्षण गर्नमा हामीले ठुलै मेहनत गरेका छाैँ ।
  • सरकार र आम नागरिकको ध्यानाकर्षण गर्न हामीले व्यक्तिगत रुपमा, क्यान महासँघ र विभिन्न फाेरम मार्फत विज्ञान र प्रविधिमा देशले थप अनुसन्धान गर्न र सम्भाव्यताकाे खाेजिका लागि पहलगर्न कार्यक्रमहरु सञ्चालन गर्याैँ । यसैकाे फलस्वरूप सरकारले नीति तथा कार्यक्रम तथा बजेटमै पनि प्रविधिका विषयमा काम गर्ने प्रतिबद्धता जनाएको हाे ।
  • # व्यस्त समयकाे बावजुद पनि सँक्षिप्त रुपमै भएपनि कुराकानी गर्ने अवसरका लागि यहाँलाई धन्यवाद ।
  • अैाद्याेगिक , व्यवसायीहरुकाे छाता सँस्थामा रहेर साईबर जस्ताे सम्वेदनशील क्षेत्रमा रहेकाे तपाईंको जिम्मेवारीले सार्थकता पाओस् , शुभकामना ।
  • * कुराकानीकाे याे अवसरका लागि तपाईं र श्रीखबर अनलाइन टिम प्रति हार्दिक आभार , धन्यवाद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0