३ हजार २ सय ५८ काराेवार दृष्टिबन्धकी र धिताे

२०८१ श्रावण १२, शनिबार

चितवन। खैरहनी मालपोत कार्यालयमा राजिनामाबाट घरजग्गाकाे काराेबार धन्दा दुगुना बढी दृष्टिबन्धकी र धिताे राख्ने प्रयाेजनका लागि काराेवार हुने गरेकाे एक अध्ययनले देखाएकाे छ ।

आर्थिक बर्ष २०८०/८१मा मालपोत कार्यालय खैरहनीमा भएकाे घर जग्गाको ४ हजार ९ सय ९४ लिखत मध्य ३ हजार २ सय ५८ काराेवार दृष्टिबन्धकी र धिताे प्रयाेजनका लागि भएकाे लेखापाल रामहरि अर्यालले बताउनुभयो ।

साेही आर्थिक बर्षमा १ हजार ७ सय ३६ बटा घरजग्गा खरिदबिक्रीका लागि लिखत पास भएकाे प्रमुख मालपोत अधिकृत शालिकराम ढकालले जानकारी दिनुभयाे ।

साे आर्थिक बर्षमा खैरहनी कार्यालयबाट १२ वटा लिखत भने बैंक तथा वित्तीय सँस्थाबाट धिताे लिलाम भै तेश्राे पक्षले लिलाम सकारेकाे लिखत पास भएकाे छ ।

घरघडेरी खरीद बिक्री कम भएपछि दैनिक घरखर्च टार्न देखि एउटा वित्तिय सँस्थाकाे काराेबार मिलाउन अर्काे सँस्थासँग दृष्टि बन्दकी राख्नुपर्ने परिस्थिति बनेकाे जानकारहरु बताउँछन् ।

अध्ययनका लागि विदेश जाने प्रयाेजनका लागि बैकसँग दृष्टि काराेबार गर्नेकाे सँख्या समेत उल्लेख्य रहेकाे पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0