वृद्ध मानिसलाई भने आफ्नै छाेराबुहारीले चारदिन अघि बीच जँगलमा छाेडेका

२०८१ साउन १, मँगलबार

माेरङ। बेलबारीकाे बनबाट एक वृद्धकाे उद्धार गरिएको छ।

वनका कर्मचारीले चिसापानी साझेदारी वनमा बृद्धअबश्थाका मानिसलाई देखेपछि उद्धार गरेका थिए ।उद्धार गरिएका वृद्ध मानिसलाई भने आफ्नै छाेराबुहारीले चारदिन अघि बीच जँगलमा छाेडेका थिए ।

बृद्धकाे शरीरमा चाेट देखिएपछि बेलबारी नगर अस्पतालमा उपचारका लागि भर्नागरिएकाे बेलबारी नगरपालिका स्वस्थ्य शाखा प्रमुख सन्ताेष विश्वकर्माले जानकारी दिनुभयो ।

बृद्धले आफ्नाे नाम जामुनलाल झाँगड बताएका छन् ।

बेलबारी नगरपालिका -७ डाङ्गीमा बस्दै आउनुभएका बृद्धकाे छाेराबुहारीकाे खाेजी भइरहेको वडाअध्यक्ष सुनिता चाैधरले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0