हामी पाेखराबासीले तपाईं भित्र निहित क्षमता र याेग्यतालाई पनि यतिखेर सम्झिरहेका छाैँ

२०८१ साउन १, मँगलबार

प्रताप पाैडेल,पाेखरा

आफ्नै क्षेत्रबाट निर्वाचित प्रतिनिधि नेपाल हाँक्ने स्थानमा पुग्नु र शिक्षा जस्ताे महत्त्वपूर्ण मन्त्रालय समाल्ने मन्त्री हुनुलाई यहि क्षेत्रकाे नागरिकका हैसियतले खुशी हुनु स्वभाविकै हाे ।

अनेक आशा र भराेशा साँचेर बसेका कास्की अझ भना‌ै हामी २ नम्बर क्षेत्रका नागरिकको तर्फबाट शिक्षा मन्त्रीमा नियुक्त हुनुभएकाेमा तपाईं माननीय विद्या भट्टराई ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे हार्दिक शुभकामना ।

हामीले आशा र भराेशा बाेकेका एउटा हाेनहार नेतालाई दुर्घटनाबस् गुमाएका छाैँ । सँस्कृति तथा पर्यटन मन्त्रालय समालिरहेका बखत पाथिभरा हेलिकप्टर दुर्घटनामा गुमाए हाम्रा प्रीय अभिभावक रविन्द्र अधिकारीलाई समेत सम्झदै वहाँकाे विरासत धान्न तपाईंको सपना कहिँ कतैबाट नडगमगावस् , हाम्राे कामना।

शिक्षा मन्त्री जिम्मेवारीकाे सफलताकाे फेरिपनि शुभकामना ।

भट्टराई ज्यू, हामी पाेखराबासीले तपाईं भित्र निहित क्षमता र याेग्यतालाई पनि यतिखेर सम्झिरहेका छाैँ ।

समाजशास्त्रमा स्नातकोत्तर र एमफिलसम्मकाे तपाईंको अध्ययन र त्रिभुवन विश्वविद्यालयकाे उपप्रध्यापकसम्मकाे अनुभव । २०५५ सालमा अनेरास्ववियुकाे केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा सँघीय महिला विभाग सदस्यसम्मकाे अनुभव त्यसैगरी २०७५ सालयता पार्टीको शिक्षा विभागमा रहि कामकाे क्षमताका आधारमा तपाईंले प्राप्त गर्नुभएकाे शिक्षा मन्त्री पनि पार्टी ले तपाईं प्रति गरेकाे न्याय हाे भन्ने कास्कीबासीकाे ठहर छ ।

माननीय मन्त्री ज्यू तपाईं बाहिरबाट हेर्दा जति सादगी र सरल देखिनुहुन्छ भित्रबाट तपाईंकाे कार्य क्षमता त्यतिनै निस्कलँक हाेस् तपाईंलाई कास्कीबासीकाे तर्फबाट हार्दिक बधाई उत्कृष्ट कार्यकालकाे शुभकामना ।

प्रताप पाैडेल

छाेरेपाटन , पाेखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0