साैराहामा खैरेसँग अँग्रेजी बाेल्न र सिक्न पाईन्छ भन्ने थाहापाएर साैराहा छिरेका कृष्ण प्रख्यात नेचर गाईड भएर निस्किए

 

( कार्यक्षेत्रमा कृष्ण भुजेल, स्थान – चितवन राष्ट्रिय निकुञ्ज )

२०८१ असार २९, शनिबार

कृष्णप्रसाद खनाल , चितवन

बर्दियाकाे मुनालवस्तिमा जन्मिएका कृष्ण भुजेललाई सानैदेखि अँग्रेजी बाेल्ने रहर थियाे । स्कुल छुट्टि हुनासाथ उनी घरभन्दा अलि तल बजारछेउकाे मेडकलका कृष्ण खनाललाई भेट्न जान्थे ।

१०/ १२ वर्षकाे उमेरकाे छँदा कृष्ण भुजेल आफुकहाँ आउने र अँग्रेजी बाेल्न सिकाई मागेकाे र उसँगै अँग्रेजी बाेलेकाे कृष्ण खनाल सम्झन्छन्। सानै थियाे उ, दाैडेर आउँथ्याे र दाइ ह्वाट हेपेण्ड ´ भन्थ्ये । मलाई अँग्रेजी बाेल्न सिकाई दिनुस् न ,दाइ भन्थे´- करिव २२ वर्ष अघिकाे समय सम्झन्छन् कृष्ण खनाल ।

असाध्यै सरल परिवार अझ भनाैँ सबैकाे प्रिय घरमा जन्मिएका हुन् कृष्ण भुजेल । उनका बुबा धेरै जनाका मामा हुनुहुन्छ । हिजाेका कठिन गाउँले,सामाजिक परिवेशमा कृष्णका बुबा नन्दबहादुर भुजेलले धेरैलाई झारफुकबाट उपचार गर्नुहुन्थ्यो । पूर्वीया बेथा फुक्नेकाे लर्काे हुन्थ्याे नन्दबहादुर मामा कहाँ ।

एस एल सि पास गरेपछि गाउँ कै बाेडिङमा शिक्षक बनका कृष्ण भुजेलकाे मन भित्र खादिएर बसेकाे अँग्रेजी बाेल्ने सपना झन् मडारिन थाल्याे । देश द्वन्दबाट निस्कने तरखरमा थियाे ।

 

[हाम्राे मात्रै नभएर गेष्टकाे समेत सकुशल यात्रा गराउनु हाम्राे कर्तव्य हाे तर कर्मक्षेत्रमा हामीलाई कति शुरक्षितसँग पठाईएकाे छ – सम्बन्धि पक्षले जानाेस् या साेचाेस्]

( कृष्ण भुजेलसँग रमाउँद‌ पर्यटक)

भुजेलले थाहा पाए चितवनकाे साैराहामा विदेशी खैरेहरुसँग अँग्रेजी बाेल्न र सिक्न पाईन अनि जागिर पनि । २० वर्षकाे उमेरमा २० वर्ष अघि मुटुभरि रहर सजाउँदै उनी चितवन झरे र साैराहा पसे ।

जे काम गर्नुछ राम्राेसँग गर्नुपर्छ भन्ने सिकेका कृष्णले साैराहामा नेचर गाईड भएर आफ्नाे धाेकाे पुरागर्ने याेजनाका साथ कर्मक्षेत्रमा हाेमिए ।

साैराहाका नेचर गाईडहरुसँग सँगत बढाए । बिस्तारै अँग्रेजी बाेल्न थाले ।

( कृष्ण भुजेलका आफ्ना मान्छे )

बाेल्दाबाेल्द‌ा राम्रो भन्दा राम्रो गर्न थाले । विदेशीहरुलाई जँगल घुमाउने काममा लागे ।  भुजेल यतिखेर  कहलिएका नेचर गाईड भित्र पर्दछन् ।

विदेशीलाई नेपालकाे प्रकृति र प्राकृतिक शाैन्दर्यता देखाउने काममा चाैविसै घण्टा लागेका भुजेल  पेशा प्रति गर्व गर्दछन् ।

विभिन्न देशका नागरिकलाई चितवन राष्ट्रिय निकुञ्ज भित्रका जँगली जनावर, पँछी तथा मनाेरम दृष्यमा लुटपुट्याउँदै मुग्ध बनाउने काममा अव्वल सावित भैसकेका छन् । `मेरा सबै थाेक यिनै पर्यटक हुन् , भगवान भनेपनि अन्नदाता भनेपनि´ भन्ने भुजेलकाे कर्मस्थान भने अहिले पश्चिम चितवन स्थित चितवन जँगल भिल्ला पटिहानीमा सरेकाे छ ।

भुजेल भन्छन् ` आफुले जे गर्नु छ त्यसैमा प्रफ्यक्ट हुनुपर्छ र त्यसैमा खुशी हुनुपर्छ ।´ `म नेचर गाईड पेशामा खुशी र सन्तुष्ट छु ´- कृष्णले भने ।

काम गरेपछि पैसा कमाई नहुने त कुरै भएन त्याे भन्दापनि नेचर गाईडलाई टुरिष्ट लिएर घुम्न सुरक्षित मार्ग र शुरक्षित साधनहरुकाे आवस्यकता पर्दछ । अझैपनि हाम्राे यात्रा असुरक्षित छ भन्छन् कृष्ण भुजेल ।

गेष्टहरुलाई उनीहरुले चाहेअनुसारकाे साईड भिजिटकाे सन्तुष्टि दिनसकियाे भने खुशी हुन्छन्।खुशी हुँदा राम्राे रकम र जिन्सी उपहार र टिप्स दिने गरेकाे भुजेल बताउँछन् ।

हालै उनलाई अमेरिकी सैनिक उच्च अधिकारीकाे परिवारले उनकाे कार्यक्षेमता प्रति प्रभावित भएर गराउँदा उत्कृष्ट कार्य गरेकाे भन्दै नगद सहित मेडल प्रदान गरेकाे छ । `नेचर गाईडका रुपमा काम गरिरहँदा अमेरिकी सैन्य परिवार द्वारा प्रदान याे स्वर्ण तक्मा मेरालागि महत्त्वपूर्ण पुरस्कार हाे भन्ने ठान्दछु´- भुजेलले भने ।

(उत्कृष्ट कार्य सम्पादन गरेबापत अमेरिकी उच्च सैन्य अधिकारी द्वारा प्रदान भुजेलका लागि उपहार)

निकुञ्ज भित्र कहिलेकाहीँ त झ्याप्पे बाघ, गैडा ठाेक्किने गरि आईलाग्छ । जँगल भ्रमण आफैँमा जाेखिम काम भएकाेले असाध्यै सावधान हुनुपर्ने भुजेलकाे सुभाव छ ।

`हामी अरुकाे मनाेरञ्जनका लागि ज्यान हत्केलामा राखेर काम गरिरहेका छाैँ , नेचर गाईडकाे कर्मक्षेत्र भनेकै जँगल र जनावर हाे ।

हाम्राे मात्रै नभएर गेष्टकाे समेत सकुशल यात्रा गराउनु हाम्राे कर्तव्य हाे तर कर्मक्षेत्रमा हामीलाई कति शुरक्षितसँग पठाईएकाे छ – सम्बन्धि पक्षले जानाेस् या साेचाेस् ।´- भुजेल भन्दछन् । उनले भने ` म नेचर गाईड हुँ , पेशा प्रति म सन्तुष्ट छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
1