काँग्रेसका सभापति शेरबहादुर देउवाको साथमा ओली रास्ट्रपति भवन जानुभएको थियाे

No description available.

 

२०८१ असार २८, शुक्रबार

आशिष आचार्य , काठमाडौं व्यूराे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए पछि नयाँ प्रधानमन्त्रीकाे लागि रास्ट्रपतिबाट सँविधानकाे धारा ७६ काे उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न २ वा साे भन्दाबढि दलहरुकाे समर्थनमा बहुमत प्राप्त गर्ने प्रयाेजनका लागि २०८१ असार ३० गते साँझ ५ बजे भित्र रास्ट्रपति समक्ष माग पेशगर्न सूचना जारी भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले दावी पेश गर्नुभएकाे छ।

संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा  शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएकाे हाे।।

काँग्रेसका सभापति शेरबहादुर देउवाको साथमा ओली रास्ट्रपति भवन जानुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1