दलित महिलाहरुकाे आय आर्जनमा वितरित बाख्राले मूलबीउकाे काम गर्नेछ

२०८१ असार २५,मँगलबार

गाेबिन्द खनाल, रत्ननगर

चितवन। दलित महिलाहरुकाे आयआर्जन थप टेवा पुर्याउने उद्देश्यले रत्ननगर नगरपालिका वडा नम्बर १४ ले वडाभित्र बसाेबास गर्ने निम्न निम्न आय भएका दलित महिलाहरुलाई बाख्रा वितरण गरेकाे छ ।

बाख्रा वितरण कार्यक्रममा बाेल्नुहुँदै वडा अध्यक्ष हाेमनाथ रानाभाटले वितरण गरिएकाे बाख्रालाई मूल बीउ मानी यसबाट बाखाकाे सँख्या बढाउन बाख्रा पाउनुहुने महिलाहरुलाई शुझाव दिनुभयाे।

यसैगरी वडाकाे दलित काेटाबाट विजयी महिला सदस्य चमेली परियारले याे बाख्रा तपाईलाई बडाले दिएकाे प्यावा सम्झेर सँरक्षण गर्नुहाेस् र यसैबाट आउने दिनमा धेरै पाठापाठी वृद्धि गर्नुहाेला भन्नुभएको थियाे ।

वडाका जनप्रतिनिधि , कर्मचारीका साथै स्थानीय नागरिकहरुकाे राेहवरमा बाख्रा वितरण गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0