` शिक्षा स्वास्थ नि: शुल्क भन्छ तर दिनदिनै खर्च र महङ्गी बढेकाे बढ्यईछ , यसरी महगिए पछि गरिबकाे हालत के हाेला

२०८१ असार २१,शुक्रबार

२०१३ सालमा काभ्रेबाट हेटाैँडा बसाइँ झर्दा कृष्णप्रसाद दाहालकाे उमेर १२ वर्षकाे थियाे ।

अहिले वहाँकाे जिन्दगीको दाैडाईले ८१ वर्ष पार गरिसक्याे । थाप्लाेमा र अँगालाेमा कुच्चाे बाेकेर ` कुच्चाे हजुर कुच्चाे ´ भने कै ३० वर्ष भएकैले `कुच्चाे बाजे ´भनेपछि हेटाैडा , मनहरी देखि भरतपुरसम्म धेरैले चिन्दछन् कृष्णप्रसादलाई ।

८१ वर्षकाे उमेरसम्म निरन्तर कुच्चाे बेच्नुपर्ने मुख्य कारण भने आफू भन्दा ११ वर्ष कान्छी उमेरकी श्रीमतीलाई क्यान्सरकाे उपचार गर्न खर्च जुटाउन कै लागि हाे भन्नुहुन्छ कृष्णप्रसाद ।

` सम्पत्ति सबै अैाषधि उपचारमा सकियाे , माग्न हिड्न , चन्दा बटुल्न मनले मानेन । लाज लाग्याे त्यै भएर वुढीकाे ओखती गर्ने,पैसा जम्मा पार्न नै कुच्चाे बेच्न हिड्दै छु ´ पड्किलाे स्वरमा भन्नुहुन्छ दाहाल बुबा । श्रीमती सावित्रालाई १३ वर्षसम्म क्यान्सर राेगकाे उपचार गराउँदा सम्पत्ति सकियाे। फेरि किड्नी फेल भै डाईलायसिस गर्नु पर्ने भएपछि थप आर्थिक मारमा पर्नुभएका दाहालकाे खर्च जाेहाे गर्ने पेशा भने यहि कुच्चाे बेच्नु नै रहेकाे छ ।

वहाँका नवराज दाहाल छाेराेले आफ्नै बालबच्चा पाल्न नै धाैधाै छ कसरी आमालाई उपचार खर्च जुटावस् भन्नुहुन्छ दाहाल बुबा । सरकारले शिक्षा र स्वास्थलाई नि: शुल्क भनेकाे मात्रै हाे राेगीका परिवारलाई थाहा छ कति दु: ख हैरानी र सम्पत्तिकाे नास हुन्छ पढाइ र उपचारमा भन्नुहुन्छ दाहाल बुबा ।

\` अर्थाेक जे गरेपनि गराेस् शिक्षा र स्वस्थ नि: शुल्क गराउने हाे भने कति जाती हुने बहाँकाे धारणा छ । वृद्धभत्ता लिन अब के जाति रे कागज । हैन हामीलाई अरु के कागज चाहियाे – बाबु भन्नुहुन्छ दाहाल बा ।

हुनपनि जुनदिन बाट लागुहुने हाे त्यहिदिनबाट कागज बनाउनेले राष्ट्रिय परिचय पत्र बनाउनुपर्नेमा नागरिकको प्रमाण हुँदाहुँदै केन्द्र सरकारले राष्ट्रिय परिचयपत्र नै चाहिने बनाउनुकाे कारण भने स्थानीय प्रतिनिधिले गरेकाे सिफारिसमा केन्द्रले विश्वास गर्न नसक्नु नै हाे । ` शिक्षा स्वास्थ नि: शुल्क भन्छ तर दिनदिनै खर्च र महङ्गी बढेकाे बढ्यईछ , यसरी महगिए पछि गरिबकाे हालत के हाेला -भन्नुहुन्छ बराल ।

आर्थिक अभावका कारण श्रीमतीको उपचारमा कठिनाई भएपनि चन्दा र भीख माग्न लाजलागेर शरीर बुढाे भएपनि नगरिशुख नपाएको दाहाल बताउनुहुन्छ ।

गाउँ गाउँबाट काटेर सडक तिर झारेकासँग कुच्चाे खरीद गरि बच्नेगरेका दाहाल दिनभर कुचो बेच्न जहाँ पुगेपनि अबेरसम्ममा घर फर्की राेगी श्रीमतीको हेरचाहमा खटिने गरेकाे बताउँनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0