उनकाे गतिविधि सच्चिनुपर्छ भनेकै कारण आफू निलम्बनमा परेकाे सञ्जाल मार्फत बताएका छन्

२०८१ असार २० बिहीबार

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी ( रास्वपा) महामन्त्री ( हाल निलम्बन ) मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले पार्टी र देश दुवै नबनाउने सँकेत देखेपछि उनकाे विरोध गर्नुपर्ने स्थिति आएकाे बताएका छन् ।

उनकाे गतिविधि सच्चिनुपर्छ भनेकै कारण आफू निलम्बनमा परेकाे सञ्जाल मार्फत बताएका छन् । बुधबार बसेकाे रास्वपाकाे केन्द्रीय बैठकले ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेकाे थियाे । ढकालले सामाजिक सञ्जाल मार्फत आफूमाथि भएकाे परिस्थितिकाे उल्लेख गरेका छन् ।

उनले लेखेका छन्। ‘उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिएँ। केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागु गरिदिएँ। पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो ? त्यो आजको बैठकले छर्लङ्ग भएको छ, उनले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0