केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीलाई उनकाे गृह जिल्ला चितवनमा भव्य स्वागत

२०८१ असार १९,बुधबार

चितवन ।  हालै सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघको चौंथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीलाई उनकाे गृह जिल्ला चितवनमा भव्य स्वागत गरिएको छ।

कार्यक्रममा उनैसँगै सचिवमा निर्वाचित टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवन ज्योति विश्वकर्मा र केन्द्रीय सदस्य (महिला) ऋतु सेन्चुरीलाई  समेत स्वागत गरिएको थियाे। असार १४ र १५ गते महाधिवेशन सम्पन्न भएको थियो।   सोमबार काठमाडौंमा अध्यक्ष रसाईलीले पदभार ग्रहण गरेसंगै गृह जिल्ला चितवनमा उनलाई स्वागत गरिएको हाे ।

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च र तनहुँ चितवन विश्वकर्मा समाजको संयुक्त आयोजनामा विजय उत्सव र्यालीले पञ्चेबाजागाजाका साथ बेलटाँडी हुँदै प्रगतिपथ- बालकुमारी चोक- मिलनरोड-सहिदचोक-लायन्सचोक हुँदै पुन: बेलटाँडी आएर सभामा परिणत भएको थियो।  उत्सव सभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष रसाईलीले प्रजातान्त्रिक पद्धतिमा हार जीत हुनु स्वभाविक रहेको बताएका थिए।   ।

अध्यक्ष रसाईलीले सुनचाँदी व्यवसायीहरूको समस्या निराकरणका लागि सदैव आफू अग्रपंक्तिमा रहने बताएका छन्।  त्यस्तै कार्यक्रममा महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवन ज्योति विश्वकर्मा, केन्द्रीय सदस्य (महिला) ऋतु सेन्चुरीले खुशीयाली मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0