कालिकाका कृषकहरुले बार्षिक ३१ लाख ३३ हजार ९ सय ७३ लिटर दुध दुग्ध उत्पादक सहकारी संस्था मार्फत विक्रीगर्दै आएका छन्
२०८१ असार १८, मँगलबार
चितवन। कालिका नगरपालिकाले दुग्ध उत्पादनगर्ने किसानलाई ३१ लाख रुपैयाँ अनुदान वितरण गरेपछि किसान उत्साहित भएका छन् ।
प्रोत्साहन स्वरुप कालिका नगरपालिकाले दुग्ध उत्पादक कृषकहरुलाई प्रति लिटर एक रुपैयाँका दरले आर्थिक अनुदान वितरण गरेको हाे ।
आर्थिक वर्ष २०७९/०८० मा दुध उत्पादनगरि दुग्ध उत्पादक सहकारी संस्थाहरुमा विक्रीगर्ने कालिका नगर क्षेत्रभित्रका ७ वटा सहकारी संस्था मार्फत किसानलाई अनुदान रकम वितरण गरिएको हो ।
अनुदान कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषकहरुलाई ३१ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ अनुदान रकम सहकारी मार्फत नगरपालिकाले वितरण गरेको छ।
नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तमाङले संयुक्त रुपमा ७ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई उनीहरुले विक्री गरेको दुधको आधारमा पाउनुपर्ने अनुदान रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्वाेधन गर्दै नगर प्रमुख विनोद रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो । दुधमा प्रति लिटर १ रुपैयाँ अनुदानदिने कार्यक्रमलाई निरन्तरता दिने बताउँदै रेग्मीले अनुदान दिने कार्यक्रमले साना, ठूला सबै किसानलाई यो कार्यक्रमवाट लाभान्वित बनाएको विश्वास व्यक्तगर्नुभयो । पशुपालनगर्ने कृषकहरुलाई घाँसको बीउ प्रयाप्त मात्रमा वितरण गर्ने पालिकाकाे याेजना समेत रहेकाे छ।
दुधसँगै दुधजन्य अन्य परिकार उत्पादनमा सहकारीहरुले ध्यान दिनुपर्नेमा मेयर रेग्मीको जोड रहेकाे छ। आफ्नै उत्पादन गरेर ब्राण्डीङगर्न समेत नगर प्रमुख रेग्मीले सहकारीहरु सुझाव दिनुभएकाे छ । त्यसका लागि आवश्यक मेसिनदेखि अन्य सहयोग गर्न पालिका तयार रहेको बताउनुभयो ।
कालिकाको दुध भन्ने वित्तिकै गुणस्तरीय छ भन्ने सन्देश दिनुपर्नेगरी कामगर्न सहकारीलाई मेयर रेग्मीले सुझाव समेत दिनुभएकाे थियाे ।द कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले दुध उत्पादनसँगै यसलाई विविधिकरण गरेर बजारीकरणमा जोड दिन आग्रहगर्नुभयो । चिसो पेयपदार्थको विगविगी भइरहेका बेला कालिकामा उत्पादन भएको दुध, दही, मही खान पाउनेगरी बजारीकरणगर्न सुझाव दिनुभयो ।
कुन सहकारीले कति पाए अनुदान रकम पाए
————————————–
१. मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं.६ ले ८ लाख ५८ हजार ८२ रुपैयाँ । ( बार्षिक दुध उत्पादनः८५८०८२.५ लिटर)
२. पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. २ ले ८ लाख १४ हजार ९० रुपैयाँ ( बार्षिक दुध उत्पादन ८१४००९० लिटर)
३.नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ६ ले ४ लाख ९६ हजार २ सय ७ रुपैयाँ (बार्षिक दुध उत्पादन ४९६२०७ लिटर)
४. उत्थान दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ८ ले ५ लाख ७२ हजार ३ सय ८८ रुपैयाँ ७५ पैसा ( बार्षिक दुध उत्पादन, ५७२३८८.७५ लिटर)
५. सामुदायिक दुग्ध उत्पादक सहकारी संस्था लि कालिका वडा नं. १ ले १ लाख ३६ हजार ३ सय ९६ रुपैयाँ, १४ पैसा ( वार्षिक दुध उत्पादन, १३६३९६.१४ लिटर)
६. कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ६ ले १ लाख २३ हजार ८ सय ९४ रुपैयाँ ३० पैसा । (बार्षिक दुध उत्पादन १२३८९४.३० लिटर)
७. भटेनी दुग्ध उत्पादक सहकारी संसथा लि. कालिका वडा नं ६ ले १ लाख ३२ हजार ९ सय १५ रुपैयाँ । ( बार्षिक दुध उत्पादन १३२९१५ लिटर) जम्माः ३१ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ ५९ पैसा मात्र ।
दुध उत्पादन बार्षिक ३१,३३,९७३.५९ लिटर) कालिकाका कृषकहरुले बार्षिक ३१ लाख ३३ हजार ९ सय ७३ लिटर दुध दुग्ध उत्पादक सहकारी संस्था मार्फत विक्रीगर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1