हरिप्रसाद अधिकारीकाे `अधिकारी मल्टी एग्राे फर्ममा ड्रागन लगाएत कागती, भूँई कटहर,सित्तलचिनीकाे व्यवसायीक खेती गरिएकाे छ ।

२०८१ असार १७, साेमबार

दीक्षा खनाल, चितवन

रत्ननगर -१४ पिठुवा स्थित हरिप्रसाद अधिकारी ( हरि सर) काे फर्ममा फलेका ड्रागन फ्रुटले अलिपछिसम्म पनि बजार पाउने भएकाे छ ।

दुई बिगाहा भन्दा बढीमा फलेका ड्रागन फललाई अब केही समयका लागि काेल्ड च्याम्वरमा राखिने प्रबन्ध गरिएको उद्यमी हरि सरले बताउनुभयो ।

फल लटलटमा फल्ने र त्यहि हसावले पाक्नेहुँदा बजारमा नेपाली ड्रागन केहि समय नपाईने र विदेशीका काेल्ड स्टाेर सामानकाे प्रभाव बढ्ने परिस्थितिकाे केहि भएपनि कम गर्न हालै सञ्चालित काेल्ड च्याम्वरले सहज हुने वहाँ बताउनुहुन्छ ।

अब आफुकहाँ मँसिरसम्म ड्रागनका फलहरु उपलब्ध हुन दुई टन क्षेमताकाे काेल्ड च्याम्वर निर्माण भएकाे बताउनुभयो । च्याम्वर भने सहभागीतामा आधारित अनुदान कार्यक्रमबाट निर्माण गरिएको हाे ।

यतिखेर ड्रागनकाे पहिलाे सिजनकाे फल फल्ने पाक्ने सिजन हाे भने दाश्राे लटका फूलकाे काेपिला लाग्ने सिजन हाे । ड्रगन गरम महिनामा फल्ने फल भएकाले जाडाे याममा भने काेर्ड स्टाेर गरिराखेका फलहरु बजारमा आउने गर्दछन् ।

४४ वर्ष शिक्षण पेशाबाट अवकाश हरिप्रसाद अधिकारीकाे `अधिकारी मल्टी एग्राे फर्ममा ड्रागन लगाएत कागती , भूँई कटहर ,सित्तल चिनीकाे व्यवसायीक खेती गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0