२०८१ असार १६, आइतबार

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा मूल्य वृद्धि गरेकाे छ ।

आज आइतबार राति १२ बजेबाट मूल्य वृद्धि हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि भै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि भै डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ ले बढेर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0