२०८१, असार १६, आइतबार

कृष्णप्रसाद खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का महामन्त्री मुकुल ढकालले देश दाैडाहा पछि समग्र अवस्थाकाे पार्टी भित्र फेहरिस्त सार्वजनिक गरे ।

यसाे गर्दा उनकाे पार्टी भित्रकाे जिम्मेवारी र राजनीतिक भविष्य माथि कस्ताे असर पर्छ भन्ने उतिबेला हेक्का थियाे या थिएन तर बर्तमानमा भने हल्लाखल्ला चर्काे छ। पार्टीको आन्तरिक प्रयाेजनका लागि भनेर तयार भएकाे भएपनि प्रतिवेदनकाे प्रभाव सिङ्गो रास्वपा भित्र फैलिएको छ।

देशकाे चाैथाे ठुलाे मात्रै नभएर सत्ताकाे धार्नी विसाैलीमा समेत महत्त्व राख्ने रास्वपा वर्तमान सरकारकाे एक महत्त्वपूर्ण पिलर हाे ।

महामन्त्री ढकालले आफ्नाे जनमत खस्केको मात्रै छैन यतिखेरै चुनाव हुने हाे भने थ्रेस हाेल्डमै प्रश्न चिन्न लाग्नसक्ने हुने भनेका छन् । ढकालले पार्टी भित्र टुटफुटकाे सम्भावना देखेकाे समेत उल्लेख गरेका छन् ।

टेलिभिजन सञ्चालकबाट एक्कासि राजनीतिमा फड्काे मारेका रविकाे व्यक्तिगत पपुलारिटी कै कारण जनलहर जागेकाे थियाे ।  उम्मेदवारलाई भन्दापनि रविकाे घण्टीलाई भाेटदिदा देशका थुप्रै स्थानबाट रविका प्रतिनिधिहरु निर्वाचित भएका थिए ।

रवि लामिछानेकाे आवह्वानमा घण्टीमा मत दिने समुहका धेरै मतदाताहरु काँग्रेस , एमाले र माओवादी पार्टीका सदस्य थिए जाे अहिले पनि ७० प्रतिशत आफ्नै पार्टीमा छन् ,जसले हिजाे रविकाे घण्टीमा मतदान गरे । याे परिस्थितिकाे हेक्काकाे मुल्यांकन रास्वपाका महामन्त्री मुकुल ढकालले प्रतिवेदन तयार गर्दैगर्दा हेक्का राखेकाे देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0