२०८१असार १४, शुक्रबार

काठमाडौं । देश दाैडाहा पछि राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेकाे प्रतिवेदनका कारण साे पार्टी भित्र आन्तरिक विवाद चुलिन थालेको छ।

आज शुक्रबार अपरान्ह पार्टी सभापति रवि लामिछानेले महामन्त्री ढकाललाई पार्टी अनुशासन भङ्ग गरेकाे भन्दै स्पष्टीकरण साेधेपछि विवादले थप रुपलिएकाे देखिन्छ ।

यता ढकाल भने आफू पार्टीको महासचिव भएका कारण पार्टी अध्यक्ष बाहेक आफुलाई स्पष्टीकरण साेध्ने कसैकाे अधिकार नभएकाे भन्दै पत्र खाेलेर समेत नपढ्ने जिकिरमा छन् ।

३८ देशको दाैडाहा पछि तयार पारिएकाे ढकालकाे ३२ पाने प्रतिवेदनमा पार्टीकाे अवस्था खस्कदाे रहेकाे र पार्टी विग्रहमा फस्न समेत सक्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0